• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हरेक वर्ष ३ हजार नयाँ कुष्ठरोगी थपिँदै

64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  ०९:२०
1140x725

काठमाडाैं- कुष्ठरोगले अपाङ्गता भएकाकाे संख्या नेपालमा करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ।

कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो। कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको संख्या झण्डै एक लाख ९५ हजार र  हरेक वर्ष  तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ।

तीन वर्षको अवधिमा प्रति एक लाख जनसंख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ। प्रदेश नं २ मा आर्थिक वर्ष २०७३/७४ मा १८ दशमलव ७९ , २०७४/७५ मा १९ दशमलव ७७ प्रतिशत र  २०७५/७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४/७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५/७६ मा  नौ दशमलव २८ प्रतिशत पुगेको छ। अस्पतालमा उपचार गराएका कुष्ठरोगीको संख्या हालसम्म २१ हजार ३३९ पुगेको छ।  

सन् २०१८ मा अस्पतालमा नयाँ  बिरामी १५०, औषधि खाने  ३७२, मिसनले विशेष उपचारका लागि सिफारिश गरेका संख्या ६९, पुनः अङ्ग फेर्ने वा हटाउने चिरफार गरिएको ११३ तथा सामान्य चिरफार गरिएको दुई हजार १२४ र अस्पतालमा भर्ना भई उपचार गराएको संख्या ८६५ रहेको अस्पतालले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तीन वर्षको उपचारमा रहेका बिरामीको चापमा  प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ। प्रदेश २ मा आव २०७३/७४ र २०७४/७५ मा ३४ र  २०७५/७६ मा ४० प्रतिशत पुगेको अध्ययनले देखाएको छ। वाग्मती प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा छ प्रतिशत र  २०७५/७६ मा  १० प्रतिशत रोगी संख्या बृद्धि भएको जनाइएको छ। सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा आठ र  २०७५/७६ मा बढेर १० प्रतिशत पुगेको जनाइएको छ। 

चिकित्सकका अनुसार सो रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ।  खासगरी छाला र नशामा असर गर्ने गरेको कुष्ठरोग विशेषज्ञ डा महेश शाहले बताए। उनले भने, 'यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, हातखुट्टाका औंला कमजोर हुने र खुम्चँदै गएर अन्त्यमा अङ्गभङ्ग हुने, आँखीभौँ झरेर जाने, हातखुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने तर दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्नुका साथै नाशामा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र विस्तारै यो रोगले मांसपेशी कमजोर बनाइदिन्छ।'

कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन्। कुष्रोगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँडिने गरिन्छ। बढी किटाणु भएको रोगलाई एमबी र  कम किटाणु भएको रोगलाई पिबी कुष्ठरोग भनिन्छ।

यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्छ। बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निश्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिए।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५/७६ मा पत्ता लागेका नयाँ बिरामीको संख्या तीन हजार २८२ रहेको थियो। हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन। रासस

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको सचिवालय बैठक बस्दै
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आज सातै प्रदेशमा असिना पानीको सम्भावना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
रास्वपाको सचिवालय बैठक बस्दै आइतबार, वैशाख २०, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्