नयाँ दिल्ली- लखनऊमा विश्व हिन्दू महासभाका नेता रंजीत बच्चनको हत्या आरोपमा उनकी श्रीमतीलगायत तीन जनालाई गिरफ्तार गरेको उत्तर प्रदेश प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार बच्चन र उनकी दोस्रो श्रीमती स्मृती श्रीवास्तवबीचको सम्बन्ध बिग्रीएको थियो र यो नै उनको हत्याको कारण बन्याे।
फेब्रुअरी २ मा लखनऊमा रंजीतमाथि गोली प्रहार भएकाे थियाे। बच्चनको धेरै महिलाहरुसँग सम्बन्ध थियो र उनले २०१५ मा स्मृती श्रीवास्तवसँग विवाह गरेका प्रहरीलाई उदृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएकाे छ। विवाहको समयमा उनले दोस्रो श्रीमतीलाई पहिलो विवाहको बारेमा भनेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।