काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने जनाएकाे छ। महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि दिउँसोदेखि पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ।
देशका पहाडी भू-भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
यस्ताे छ तीन दिनकाे माैसम पूर्मानुमान:
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।