काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियारको निर्णय पूर्वाग्रहपूर्ण र हास्यास्पद भएको टिप्पणी गरेका छन्।
बिहीबार साँझ ट्विट गर्दै नेता थापाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई उन्मुक्ति दिएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
'सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र सोको लागि अनेकन प्रपञ्च रच्ने वयक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलका छोरा) र कुमार रेग्मीलाई आफ्नो नामा कामय रहेको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ,' थापाको धारणमा भनिएको छ, 'यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वासनीयता प्रश्न गर्ने पर्याप्त आधार दिएको छ।'

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको थियो।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन संलग्नता रहेको भन्दै आयोगले १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ।
नेपालीका कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्धसमेत मुद्दा दायर भएपछि कांग्रेस आक्रोशित छ।
यो मुद्दामा ४ तत्कालीन मन्त्री र ३ जना तत्कालीन पूर्वसचिवहरूसमेत तानिएका छन्।
यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भने अख्तियारले मुद्दा दायर गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।