काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) गच्छदारलाई मुद्दा चलाएको भन्दै प्रतिनिधिसभामा कांग्रेसको अवरोधपछि बैठक स्थगित, प्रधानमन्त्रीय प्रणालीमा एक मन्त्रीलाई मात्र भ्रष्टाचार मुद्दा चलाउनु नितान्त राजनीतिक कारण भएको दाबी ।
२) चीनबाट ल्याइएका नेपालीलाई ४ ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन, शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने, कोरोनाविरुद्ध लड्न नेपालले चीनलाई एक लाख ‘प्रोटेक्टिभ माक्स’ सहयोग गर्ने ।
३) बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग आयोगलाई नै दुरुपयोग गरिएको नेपाली कांग्रेसको आरोप, गच्छदारविरुद्ध मुद्दा दर्ता भएपछि कानुनी र राजनीतिक लडाई लड्ने निर्णय ।
४) ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबलाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा, एपिएफलाई रेलिगेशनकै डर, अर्को खेलमा सरस्वतीविरुद्ध मछिन्द्रको फराकिलो जित ।
५) र, अमेरिकामा ५ महिनादेखि चल्दै आएको राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रकरण अन्त्य, संसदको माथिल्लो सदन सिनेटद्वारा प्रस्ताव अस्वीकृत, पक्षमा ५२ र विपक्षमा ४८ मत ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।