काठमाडौं- नेपाली कांग्रेसले उपसभापति विजय गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धाविरुद्ध आफ्ना भ्रातृ संस्थालाई सडकमा उतार्ने भएको छ।
पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका हुन्। पार्टीको निर्णयअनुसार प्रमुख दुई भ्रातृ संस्थाले विरोधको कार्यक्रम सार्वजनिक गरेका छन्।
घोषित विरोधको कार्यक्रमअनुसार नेपाल विद्यार्थी संघले शुक्रबार माइतीघरमा विरोध प्रर्दशन गर्ने भएको छ। तरुण दलले आइतबार सोही स्थानमा विरोध प्रर्दशन गर्ने भएको छ।
बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ निवासमा पदाधिकारी बैठक बोलाई सो बैठकमा राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय गर्ने गरिएको थियो। शीर्ष नेताको बैठकमा पार्टी निकट कानुनविद्हरुसँग समेत परामर्श लिइएको थियो।
मन्त्रीपरिषद बैठकका निर्णयको मुख्य जिम्मेवार व्यक्ति प्रधानमन्त्री भएको उल्लेख गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राजनीतिक पुर्वाग्राह राखेर कांग्रेस उपसभापतिविरुद्ध मुद्धा दायर गरिएको छ। तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई उन्मुक्ति दिइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।