काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/७७ अर्थात् अबको ५ महिना अवधिमा जंगली जनावर बिनाअनुमति मार्न, धपाउन वा पक्रन पाइने भन्दै राजपत्रमा सुचना प्रकाशित गरेको छ।
वन तथा वातावरण मन्त्रालयले गत सोमबार राजपत्रमा सुचना प्रकाशित गर्दै निजी खेत, खला, बारीमा आउने साँनो जातको बँदेल बाहेकको जंगली बँदेललाई चालु आर्थिक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो। सो घोषणासँगै अनुज्ञापत्र बिना धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय सरकारले गरेको छ।
‘जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली नोक्सान पुर्याएमा वा धनजनको हानी नोक्सानी पुर्याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने,’ राजपत्रमा उल्लेख छ।
मरेको बँदेललाई सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा ५ जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरी गाड्न वा तौलको आकारमा मुल्य तोकी उक्त रकम सम्बन्धित स्थानीय तहमा राजश्वका रुपमा दाखिला गर्नेपर्ने व्यवस्था गरिएको छ।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।