काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुददामा त्रुटी र अपूर्णता रहेको बताएका छन्।
'देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अख्तियारको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ', उनले ट्विट गरेका छन्।
उनले मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिँदा आफूले असहजता महसुस गरेको बताएका छन्। 'सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्', उनले लेखेका छन्।
उनले जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस् भन्दै सचेत पनि गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।