काठमाडौं- बागमती प्रदेश सरकारले सशस्त्र द्वन्द्वप्रभावित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आर्थिक सहायता लिन प्रदेश भित्रका १३ जिल्लाका प्रभावित परिवारलाई निवेदन दिन आह्वान गरेको छ।

प्रदेश सरकारको बजेट आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक सहायता दिने नीतिअनुसार उक्त सहायता दिन लागिएको प्रदेश सरकारले जनाएको छ। सहायताअन्तर्गत औषधि उपचार, सीप विकास र स्वरोजगार मूलक व्यवसायका क्षेत्रमध्ये एक रोज्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।