एजेन्सी– टर्कीको इस्तानबुलमा एउटा विमान विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ। विमान चिप्लिएर तीन टुुक्रा हुँदा एक व्यक्तिको मृत्यु हुनाको साथै १५० भन्दा बढी घाइते भएका छन्। दुर्घटनापछि विमानको पछिल्लो भागमा आगो लागेको थियो।
१७१ यात्री र ६ चालका दलका सदस्य रहेको उक्त विमान तीव्र हावा, मुसलधारे वर्षबीच अवतरण गरेको थियो। टर्कीको इजमिर सहरबाट उडान भरेको उक्त विमान इस्तानबुलको सबिहा गोजेन विमानस्थलमा अवतरण गरेको थियो।
घटनालगत्तै पुगेको उद्दार टोलीले आगो निभाएर थप क्षति हुनबाट बचाएको थियो। दुर्घटनापछि विमानस्थल बन्द गरिएको थियो भने अन्य उडानहरु डाइभर्ट गरिएका थिए। विमानमा अधिकांश टर्कीका नागरिक थिए भने २० जना विदेशी रहेको बताइएको थियो। विमान धावनमार्गमा करिब ६० मिटरसम्म चिप्लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।