एजेन्सी– पाकिस्तानी सेनाका पूर्वप्रवक्ता मेजर जनरल आसिफ गफूर कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। बुधबार पाकिस्तानको सरगोधामा भएको दुर्घटनामा उनी घाइते भएका हुन्।
कारमा सवार गफूरकी पत्नीसहित उनलाई लाहौर अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि साउदी अरब लगिएको छ। हालैमात्र गफूरलाई हटाएर बाबर इफ्तिखारलाई सेनाको प्रवक्ता बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।