• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

महिला हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

बेइजिङ प्लसको नागरिक समाज प्रतिवेदन सार्वजनिक 
64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  १७:४१
1140x725

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकार महिला हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बेइजिङ रिभ्यू नेपालका लागि राष्ट्रिय सञ्जाल (एनएनबिएन) र महिला, कानुन र विकासका लागि महिला फोरम (एफडब्लुएलडी)ले संयुक्त रूपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन्। 

'महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेद तथा हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ,' महिला अधिकार सरोकारवालाहरूसमेत सहभागी सो कार्यक्रममा मन्त्री गुरुङले भने, 'यहाँहरू पनि विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूलमा सहभागी हुँदै लामो अनुभव संगालिसक्नु भएको छ। यहाँहरूका अनुभव पनि सकाररका लागि सुझाव बन्छन्। सरकार र अधिकारकर्मी दुवै मिलेर महिला हिंसा अन्त्य गर्न लाग्नुपर्छ।'

गुरुङले नेपाललाई कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने र विगतका परिचयलाई कसरी रुपान्तरण गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए। सरकारको आलोचना र विरोध गरेपछि मात्र आफ्नो लोकप्रियता बढ्छ भन्ने पुरानो मानसिकताबाट माथि उठाउने काममा अहिलेको सरकार सफलताका साथ अघि बढ्दै गएको उनको भनाइ थियो। 

‘प्रधानमन्त्रीले ल्याएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान पनि विस्तारै पूरा हुने क्रममा छ। समृद्धिको बाटोमा मुलुक अगाडि बढिरहेको छ,’ मन्त्री गुरुङले उल्लेख गरे। सरकारले २०२० देखि २०३० सम्ममा नेपालबाट गरिबी हटाउने लक्ष्य राखेको र त्यही लक्ष्यलाई पछ्याउँदै काम पनि गरिरहेको मन्त्री गुरुङको दाबी थियो। कार्यक्रममा उनले सरकारको चर्को आलोचना गर्नेहरूको पनि पहिचान भइरहेको उल्लेख गरेका थिए। 

कार्यक्रममा बेइजिङ प्लस २५ को सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बेइजिङ सम्मेलनको २५ वर्षे समीक्षाबारेको प्रतिवेदन महिला अधिकारका क्षेत्रमा कार्यरत ७४ संस्थाको सहयोगमा तयार पारिएको जानकारी दिए। देशका ७ वटै प्रदेशमा पुगेर आधिकारिक तथ्यांक प्रस्तुत गरिएको उनको दाबी थियो। 

नीतिनिर्माणका तहमा नेपालमा खासै ठूलो समस्या नरहे पनि महिला समानताका विषयमा बनेका नीति तथा कानुन वास्तवमै कार्यान्वयनमा भने समस्या रहेको प्रतिवेदनले उल्लेख गरेको छ। सन् २०१२ देखि सन् २०१६ सम्म राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिन समेत प्रतिवेदनले सुझाव दिएको छ। यसका साथै महिला सिप विकासका लागि तालिमका कार्यक्रम सञ्चालन समेत आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ। महिलाहरूले लगानी गरेका उद्यमशीलका क्षेत्रमा सहज वातावरण निर्माण समेत सुझाव दिइएको छ। विभिन्न १२ क्षेत्रमा अध्ययन गरी सो रिपोर्ट तयार पारिएको हो। 

कार्यक्रममा महिला कानुन तथा विकास मञ्चकी अध्यक्ष अधिवक्ता मीरा ढुंगानाले छोरीलाई अनिवार्य अंश दिनुपर्ने व्यवस्था गर्न माग गरिन् । सो कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव मनमाया पंगेनी, नेसनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपालकी उपाध्यक्ष बन्दना राणा युएन वुमनकी रचना भट्टराईलगायतले मन्तव्य राखेका थिए। 

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट बिहीबार, चैत २६, २०८२
संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने बिहीबार, चैत २६, २०८२
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्