काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ललिता निवास जग्गा अनियमिततामा अख्तियारद्वारा तीन जना पूर्वमन्त्री र ३ जना पूर्वसचिवसहित १ सय ७५ विरुद्ध मुद्दा दायर, तत्कालीन भौतिक योजनामन्त्री गच्छदारदेखि अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बन्स्यातसम्म तानिए ।
२) एमसिसी अध्ययन कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू नहुने नेकपा अध्यक्ष दाहालको भनाइ, छोटो समयमा सबैले बुझ्नेगरी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरिएको तर्क ।
३) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुर्नसंरचना गर्न लागिएको कृषि मन्त्री भुसालको भनाइ, अनुदानमा प्रश्न उठेकाले अनुसन्धान र निरिक्षण शुरु गरिएको दाबी ।
४) आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको पहिलो हार, ओमानसँग १८ रनले पराजित, बिहीबार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्ने ।
५) र, अमेरिकी राष्ट्रपति ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीचको तनाव सतहमा, सभामुखले हात मिलाउन खोज्दा ट्रम्पको बेवास्ता, पेलोसीको च्यातिन् राष्ट्रपतिको सम्बोधन कपी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।