काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू नहुने बताएका छन्।
प्रेस संगठन नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समितिमा एमसिसीको समर्थन र विरोध गर्नुअघि बुझ्नु आवश्यक रहेको भन्ने सदस्यहरुको चाहना बमोजिम कार्यदल गठन गरिएको बताए।
'छोटो समय लिएर सबैले बुझ्नेगरी यसको प्रतिवेदन तयार पारौं भनेर कार्यदल गठन गरिएको हो। कार्यदलको प्रतिवेदन आइसकेपछि जे ल्याए, त्यही पास हुन्छ भन्नेचाहिँ होइन', प्रचण्डले भने, 'अध्ययन कार्यदल भनेको अध्ययन कार्यदलै हो। कार्यदलले सचिवालयमा प्रतिवेदन ल्याउँछ र पार्टीले निर्णय गर्छ।'
एमसिसीलाई अस्वीकार गर्नुपर्छ भन्ने केन्द्रीय कमिटीको मत नरहेको प्रचण्डले स्पष्ट पारे। 'राम्रोसँग बुझेर, परिवर्तन आवश्यक छ भने गरेर अघि बढाउनुपर्छ भन्ने नै स्प्रिट नै छ', उनले भने।
प्रचण्डले एमसिसको बारेमा आफूहरु गम्भीर रहेको बताए।
हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ।
उनले एमसिसीसँग सभामुख साटेको आरोप विल्कुल भ्रम भएको बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।