काठमाडाैं- वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार बिहान निधन भएको छ।
मनमोहन अस्पतालमा उपचार क्रममा उनको बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए।
उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। स्वास्थ्यमा समस्या भएपछि उनलाई हिजो राति मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
उनकाे जन्म इलामकाे फिक्कलमा भएको थियो। नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम शर्माले नै सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।