काठमाडौं– सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दाकाे सुनुवाइ बुधबार नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन नगरेपछि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ आज नहुने भएकाे हाे।
असार २५ गते प्रधानन्यायाधीश जबरासहित वरिष्ठतम् न्यायाधीशहरू दिपकुमार कार्की, केदारप्रसाद चालिसे, मिरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आजलाई पेशी ताेकेकाे थियाे। तर, प्रधानन्यायाधीशले संवैधानीक इजलाश नै गठन गरेनन्। याेसँगै सापकाेटाविरुद्धकाे मुद्दाकाे सुनुवाइ १ महिनापछिलाई सरेकाे छ।
यसअघि नै माघ २२ गते अर्थात बुधबार सापकोटाविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी प्रधानन्यायाधीश जबराले पेशी तोकेका थिए। संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा उजुरी परेको वा नपरेको यदि परेको भए सोको प्रतिलिपि उपबलब्ध गराउन आदेश दिएको थियो।
गत असाेज २९ गतेका लागि सो मुद्दाको अर्को पेशी तोकिएकाे थियाे। तर हेर्न नभ्याइने भनेर हटाइएको थियो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।