• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राप्ती बगरको मालपोत तिर्नुपर्ने बाध्यता

64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  ११:३०
1140x725

बाँके- नदीले कटान गरेर डुडुवा गाउँपालिका–१ होलियाका बलिराम लोनियाको जमिन बगर बनायो। विसं २०४६ सम्म नदीले लगातार जमिन कटान गरेर सखाप बनाएपछि उनी सुकुम्वासी भए। 'जमिन छैन भन्ने हो भने लालपुर्जा छ, तर जमिनले दिनेभन्दा लिने मात्र गरिरहेको छ', उनले भने।

नदीका कारण दुःख पाइरहेका उनलाई स्थानीय सरकारले पीडा थपिदिएको छ। उनले प्रतिकठ्ठा रु पाँचका दरले जमिनको मालपोत तिर्दै आएका छन्। 'जनप्रतिनिधि आउनुभन्दा पहिले प्रतिकठ्ठा रु एक थियो। आम्दानी नै नहुने जमिनको मालपोत बढेर प्रतिकट्ठा रु पाँच पुगेको छ', लोनियाले भने, 'नदीले दिएको पीडामाथि स्थानीय सरकारले थप पीडा थपेको छ।'

विसं २०४६ देखि उनले जमिनबाट कुनै लाभ लिन सकेका छैनन्। नदीको बहाव जमिनमा नभए पनि बालुवामात्र भएकाले कुनै बालीनाली लगाउन मिल्दैन। अहिले उनको जमिन भएको ठाउँमा खरले भरिएको छ। तैपनि उनलाई कर (मालपोत) तिर्नैपर्ने बाध्यता छ। नदीले जमिन कटान गरेदेखि उनलाई जीविका चलाउनै मुस्किल छ।

डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाको तीन बिघा जमिन नदीले बगर बनाएको छ। उनको १० कठ्ठा जमिन मात्र बाँकी छ। उनले २० वर्षदेखि तीन बिघा जमिनमा कुनै बाली लगाउन पाएका छैनन्। प्रतिबिघा रु १०० का दरले वार्षिक रु ३०० जमिनको कर बुझाउँदै आएको उनी बताउँछन्। 'आम्दानी शून्य छ, जमिनको रु ३०० कर तिर्न हम्मेहम्मे परेको छ', शुक्लाले भने।

बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षौँदेखि राप्ती नदीले कटान गरेर बगर बनेको जमिनको मालपोत तिर्न बाध्य छन्। डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीयवासी २० वर्षदेखि बगरको पनि मालपोत तिर्न बाध्य भएका हुन्।

राप्ती नदी आसपासका स्थानीय दोहोरो मारमा परेका छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएपछि डुडुवा गाउँपालिका–१ पिप्रहवाका रामखेलावन खटिकको तीन बिघा जमिनमा कति पनि अन्न फल्दैन। तैपनि उनी वार्षिक प्रतिकठ्ठा रु पाँचका दरले मालपोत तिर्न बाध्य छन्। जनप्रतिनिधि आएपछि राहत मिल्ने आशामा बसेका उनी निराश बने।

जनप्रतिनिधि आउनुअघि पाँच वर्षसम्म सरकारले मिनाहा गरेको मालपोत स्थानीय सरकारले लिन थालेको छ। त्यो पनि तीन गुणा बढी भएको राप्तीपीडितको गुनासो छ। 'धेरै दबाब दिएर मालपोत मिनाहा भएको थियो, जनप्रतिनिधि आउनेबित्तिकै लिन सुरु भयो। त्यो पनि तीन गुणा धेरै छ', खटिकले भने।

उनीहरूले कुनै आम्दानी गर्न नसके पनि खेतीयोग्य भूमिसरह बगरको मातपोत तिर्न बाध्य भएको स्थानीयवासीको गुनासो छ। नदीले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि राप्ती नदी आसपासका बासिन्दालाई खान, लगाउन समस्या भएको छ। कुनैबेला जमिनको मालिक भएर बसेका किसान अहिले भारतीय चामलमा निर्भर हुनुपरेको छ।

Ncell 2
Ncell 2

डुडुवा गाउँपालिका–२ उत्तरवाणीका राधेश्याम चमारले जमिन बगर भएपछि मजदुरी गरेर खानुपर्ने अवस्था सिर्जना भएको बताउँदै मालपोत तिर्नुपर्दा झनै समस्या भएको बताए। 'साँझ–बिहानको छाकका लागि मजदुरी नगरी सुख छैन', चमारले भने, 'मालपोत तिर्नु नपर्ने भएको भए केही राहत मिल्ने थियो।' डुडुवा गाउँपालिका–२ कैरातीपूर्वाका रामफेरन भुजुवालाई पनि मालपोत तिर्न मुस्किल परेको छ। प्रतिकठ्ठा रु पाँच मालपोत लिने स्थानीय सरकारले व्यवस्था गरेपछि समस्या परेको उनले बताए। 'स्थानीय सरकारले पीडामा मलम लगाउला भनेको मालपोत बढाएर झनै पीडा थप्यो', भुजुवाले भने, 'नदीमा भएको जमिनको मालपोत मिनाहा भए राहत मिल्ने थियो।'

सर्वसाधारणले माग गरेअनुसार नदीले कटान गरेको जमिनको मालपोत मिनाहा गर्न सक्ने अवस्था नरहेको डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए। कसको जमिन कति बगरमा परिणत भएको छ भन्ने यकिन भइनसकेकाले मिनाहा गर्न सक्ने अवस्था नरहेको अध्यक्ष चौधरीको भनाइ छ। उनले सरकारले साविक होलिया गाविसका नदीपीडितलाई मालपोत मिनाहा गरेको भए पनि अहिले स्थानीय सरकारले लिन थालेको बताए।

'कति जमिन खेती गर्न नमिल्ने छ भन्ने यकिन विवरण आएको भए केही सोच्न सकिन्थ्यो। अहिलेलाई मिनाहा गर्ने कुनै योजना छैन', प्रमुख चौधरीले भने।

राप्ती नदीले राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा असर पुर्‍याउँदै आएको छ। अहिलेसम्म नदीले खेतीयोग्य जमिन कटान र पटान गर्न छाडेको छैन। अहिलेसम्म हजारौँ बिघा जमिन बगरमा परिणत भएको भनिए पनि कुनै निकायसँग आधिकारिक तथ्याङ्क पनि छैन। त्यहाँका स्थानीयवासीले बगरमा परिणत भएको जमिन नाप, नक्सा बनाउन माग गरेका छन्।

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नदी तटीय क्षेत्रको जमिनमा क्षति पुगेको लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। उनले सयौँ बिघा जमिन बगर भए पनि यकिन तथ्याङ्क नभएको बताए। 'दश हजार बिघा जमिन नदीले बगाएको हुनसक्ने हाम्रो अनुमान छ', उनले भने।

नाप, नक्सा भएको भए आ–आफ्नो जमिनको सम्भार गर्न र मिल्ने ठाउँमा खेती गर्न सकिने उनको भनाइ थियो। 'कसको जमिन कहाँ पर्छ भन्ने नै थाहा छैन। नाप, नक्सा भएको भए खेती गर्न सजिलो हुन्थ्यो', सचिव शुक्लाले भने। उनले नाप, नक्साका लागि स्थानीय तहले पहल गरिदिनुपर्ने पनि बताए। रासस

सांकेतिक तस्बिर

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार दिनेश सिटौलाको निधन
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्