Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राप्ती बगरको मालपोत तिर्नुपर्ने बाध्यता

64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  ११:३०
1140x725

बाँके- नदीले कटान गरेर डुडुवा गाउँपालिका–१ होलियाका बलिराम लोनियाको जमिन बगर बनायो। विसं २०४६ सम्म नदीले लगातार जमिन कटान गरेर सखाप बनाएपछि उनी सुकुम्वासी भए। 'जमिन छैन भन्ने हो भने लालपुर्जा छ, तर जमिनले दिनेभन्दा लिने मात्र गरिरहेको छ', उनले भने।

नदीका कारण दुःख पाइरहेका उनलाई स्थानीय सरकारले पीडा थपिदिएको छ। उनले प्रतिकठ्ठा रु पाँचका दरले जमिनको मालपोत तिर्दै आएका छन्। 'जनप्रतिनिधि आउनुभन्दा पहिले प्रतिकठ्ठा रु एक थियो। आम्दानी नै नहुने जमिनको मालपोत बढेर प्रतिकट्ठा रु पाँच पुगेको छ', लोनियाले भने, 'नदीले दिएको पीडामाथि स्थानीय सरकारले थप पीडा थपेको छ।'

विसं २०४६ देखि उनले जमिनबाट कुनै लाभ लिन सकेका छैनन्। नदीको बहाव जमिनमा नभए पनि बालुवामात्र भएकाले कुनै बालीनाली लगाउन मिल्दैन। अहिले उनको जमिन भएको ठाउँमा खरले भरिएको छ। तैपनि उनलाई कर (मालपोत) तिर्नैपर्ने बाध्यता छ। नदीले जमिन कटान गरेदेखि उनलाई जीविका चलाउनै मुस्किल छ।

डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाको तीन बिघा जमिन नदीले बगर बनाएको छ। उनको १० कठ्ठा जमिन मात्र बाँकी छ। उनले २० वर्षदेखि तीन बिघा जमिनमा कुनै बाली लगाउन पाएका छैनन्। प्रतिबिघा रु १०० का दरले वार्षिक रु ३०० जमिनको कर बुझाउँदै आएको उनी बताउँछन्। 'आम्दानी शून्य छ, जमिनको रु ३०० कर तिर्न हम्मेहम्मे परेको छ', शुक्लाले भने।

बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षौँदेखि राप्ती नदीले कटान गरेर बगर बनेको जमिनको मालपोत तिर्न बाध्य छन्। डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीयवासी २० वर्षदेखि बगरको पनि मालपोत तिर्न बाध्य भएका हुन्।

राप्ती नदी आसपासका स्थानीय दोहोरो मारमा परेका छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएपछि डुडुवा गाउँपालिका–१ पिप्रहवाका रामखेलावन खटिकको तीन बिघा जमिनमा कति पनि अन्न फल्दैन। तैपनि उनी वार्षिक प्रतिकठ्ठा रु पाँचका दरले मालपोत तिर्न बाध्य छन्। जनप्रतिनिधि आएपछि राहत मिल्ने आशामा बसेका उनी निराश बने।

जनप्रतिनिधि आउनुअघि पाँच वर्षसम्म सरकारले मिनाहा गरेको मालपोत स्थानीय सरकारले लिन थालेको छ। त्यो पनि तीन गुणा बढी भएको राप्तीपीडितको गुनासो छ। 'धेरै दबाब दिएर मालपोत मिनाहा भएको थियो, जनप्रतिनिधि आउनेबित्तिकै लिन सुरु भयो। त्यो पनि तीन गुणा धेरै छ', खटिकले भने।

उनीहरूले कुनै आम्दानी गर्न नसके पनि खेतीयोग्य भूमिसरह बगरको मातपोत तिर्न बाध्य भएको स्थानीयवासीको गुनासो छ। नदीले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि राप्ती नदी आसपासका बासिन्दालाई खान, लगाउन समस्या भएको छ। कुनैबेला जमिनको मालिक भएर बसेका किसान अहिले भारतीय चामलमा निर्भर हुनुपरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

डुडुवा गाउँपालिका–२ उत्तरवाणीका राधेश्याम चमारले जमिन बगर भएपछि मजदुरी गरेर खानुपर्ने अवस्था सिर्जना भएको बताउँदै मालपोत तिर्नुपर्दा झनै समस्या भएको बताए। 'साँझ–बिहानको छाकका लागि मजदुरी नगरी सुख छैन', चमारले भने, 'मालपोत तिर्नु नपर्ने भएको भए केही राहत मिल्ने थियो।' डुडुवा गाउँपालिका–२ कैरातीपूर्वाका रामफेरन भुजुवालाई पनि मालपोत तिर्न मुस्किल परेको छ। प्रतिकठ्ठा रु पाँच मालपोत लिने स्थानीय सरकारले व्यवस्था गरेपछि समस्या परेको उनले बताए। 'स्थानीय सरकारले पीडामा मलम लगाउला भनेको मालपोत बढाएर झनै पीडा थप्यो', भुजुवाले भने, 'नदीमा भएको जमिनको मालपोत मिनाहा भए राहत मिल्ने थियो।'

सर्वसाधारणले माग गरेअनुसार नदीले कटान गरेको जमिनको मालपोत मिनाहा गर्न सक्ने अवस्था नरहेको डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए। कसको जमिन कति बगरमा परिणत भएको छ भन्ने यकिन भइनसकेकाले मिनाहा गर्न सक्ने अवस्था नरहेको अध्यक्ष चौधरीको भनाइ छ। उनले सरकारले साविक होलिया गाविसका नदीपीडितलाई मालपोत मिनाहा गरेको भए पनि अहिले स्थानीय सरकारले लिन थालेको बताए।

'कति जमिन खेती गर्न नमिल्ने छ भन्ने यकिन विवरण आएको भए केही सोच्न सकिन्थ्यो। अहिलेलाई मिनाहा गर्ने कुनै योजना छैन', प्रमुख चौधरीले भने।

राप्ती नदीले राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा असर पुर्‍याउँदै आएको छ। अहिलेसम्म नदीले खेतीयोग्य जमिन कटान र पटान गर्न छाडेको छैन। अहिलेसम्म हजारौँ बिघा जमिन बगरमा परिणत भएको भनिए पनि कुनै निकायसँग आधिकारिक तथ्याङ्क पनि छैन। त्यहाँका स्थानीयवासीले बगरमा परिणत भएको जमिन नाप, नक्सा बनाउन माग गरेका छन्।

Xtrem

Xtrem

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नदी तटीय क्षेत्रको जमिनमा क्षति पुगेको लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। उनले सयौँ बिघा जमिन बगर भए पनि यकिन तथ्याङ्क नभएको बताए। 'दश हजार बिघा जमिन नदीले बगाएको हुनसक्ने हाम्रो अनुमान छ', उनले भने।

नाप, नक्सा भएको भए आ–आफ्नो जमिनको सम्भार गर्न र मिल्ने ठाउँमा खेती गर्न सकिने उनको भनाइ थियो। 'कसको जमिन कहाँ पर्छ भन्ने नै थाहा छैन। नाप, नक्सा भएको भए खेती गर्न सजिलो हुन्थ्यो', सचिव शुक्लाले भने। उनले नाप, नक्साका लागि स्थानीय तहले पहल गरिदिनुपर्ने पनि बताए। रासस

सांकेतिक तस्बिर

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्