एजेन्सी- चीनमा कोरोना भाइरसका कारण ४ सय ९० जनाकाे मृत्यु भएकाे चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार थप ६५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन्।
एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २४ हजार ३ सय २४ जना बिरामी रहका छन्।
ती मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ। चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।