एजेन्सी- जहाज उडिरहेकै समयमा एक महिलाले बच्चा जन्माएकी छन्। मंगलबार दोहाबाट बैंककका लागि उडानमा रहेकाे समयमा एक थाई महिलाले बच्चा जन्माएकी हुन्।
ती यात्रुले विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो। विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन।
विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई भारतकाे कलकत्तामा नै आकस्मिक अवतरण गरेका बताइएको छ। विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरियाे।
आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। कलकत्ता विमानस्थलका अधिकारीले एएनआईलाई भने, 'दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन क्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ।'
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।