काठमाडौं- मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भए।
प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी भएका ओलीले रमाइलो पनि गरे।
प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए।
‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो,' डा नेपालले भने, ‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो।’
डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो।
नाट्य प्रष्ठिानका करिब ३० कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए।
धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन्। (तस्बिर : सूर्य थापा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।