काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसबारे संसदमा विशेष छलफल, उपचारका लागि छुट्याइयो ४३ बेड, सरुवा रोगविरुद्ध लड्न तीन सय बेडको अस्पताल बनाउने सरकारको तयारी ।
२) एमसिसीविरुद्ध बाहिर आएका विषय अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ, एमसिसीको विस्तृत रूप थाहा नभएकाहरूले विरोध गरेको टिप्पणी ।
३) ट्रकभित्रै सामूहिक यौन सम्पर्कपछि युवतीको हत्यामा संलग्न पाँच जना पक्राउ, मोबाइलबाट खुल्यो पोल, ट्रकमा हालेर फालियो शव ।
४) ‘ए’ डिभिजन लिग फुटबलमा दशौं चरणका खेल सकिए, दशौँ चरणको अन्तिम खेलमा एनआरटीविरुद्ध फ्रेन्ड्सको जित, लिगमा अब हरेक टिमका तीन खेल बाँकी ।
५) र, कोरोना भाइरसबाट चीनमा ४ सय २६ जनाको मृत्यु, १ हजार ६ सय शैय्याको अर्को अस्थायी अस्पताल निर्माणको तयारी, जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्ने राष्ट्रपतिको चेतावनी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।