काठमाडौं- फिल्म 'प्रेमगीत ३'को गीत सार्वजनिक भएको छ। निर्माण टिमले 'हात्ती ढुङ्गामा' बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो।
हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत समावेश गीतमा गायक सागर आले र मेलिना राईले स्वर दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन्। कलाकार सुनिल थापा(राते काइँला)को पनि अभिनय देख्न सकिन्छ।
गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतलाई बनिष शाह र भुपेन्द्र अधिकारीले मिलेर सम्पादन गरेका हुन्। चैत २८ गते प्रदर्शनमा आउने फिल्मलाई छेतेन गुरुङ र फिल्मका निर्माता सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन्।
यो फिल्म निर्माता अर्जुन कुमारको फिल्म 'चपली हाइट ३'सँग एकसाथ प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।