काठमाडौं–नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीविरुद्ध लेनदेनको विवादमा उजुरी परेको छ। सोमबार उनीविरुद्ध पीडित भनिएका लीलाबहादुर थापा र कृष्णराज पाण्डेले संसद् सचिवालयमा रकम दिलाइ पाउन माग गर्दै उजुरी दिएका छन् ।
आफूहरुले विश्वासका आधारमा पटक–पटक गरेर ८ लाख रुपैयाँ सांसद चौधरी र उनकी छोरीको खातामा हालिदिएको र अहिले उक्त रकम फिर्ता नदिएको उजुरीकर्ताहरु थापा र पाण्डेले उजुरी पत्रमा उल्लेख गरेका छन् ।
तर, सांसद चौधरीले भने आफ्नो राजनीतिक चरित्रमा आँच पुर्याउन उजुरी दर्ता गरिएको भन्दै अन्याय भएको भए अदालत जान सुझाएकी छिन्।
‘मैले पाउनु पर्ने रकम पाएकी हुँ,’ सांसद चौधरीले नेपाल लाइभसँग भनिन्, ‘दुई वर्षपछि आएर त्यो कुरा उठाउनुको अर्थ के हो रु मैले नलिनुपर्ने एक पैसा पनि लिएकी छैन। उहाँहरुलाई यदि अन्याय भएको हो भने अदालत जान सक्नुहुन्छ । अदालतको न्याय नै अन्तिम हुन्छ ।’
पीडित भनिएका थापा र पाण्डे दाङका नेपाली कांग्रेसका कार्यकर्ता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।