• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काउन्सिलर बन्न कडा प्रतिस्पर्धा : माघ २५ मा निर्वाचन हुँदै

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  ०८:३०
1140x725

काठमाडाैं- नेपाल कानुन व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन यही माघ २५ गते हुँदैछ। बृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत लोकतन्त्रवादी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने प्रतिस्पर्धामा छन्।

देशभर २५ निर्वाचन केन्द्रबाट करीब १० हजार वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्न पाउनेछन्। तीमध्ये सात हजार २२४ मतदाता वाग्मती प्रदेशमा छन्। तीमध्ये प्रगतिशील पक्षमा चार हजारभन्दा बढी मतदाता रहेका बताइएको छ।

दुवै उम्मेदवार कानुन व्यवसायीका बीच लोकप्रिय भएका कारण प्रतिस्पर्धा कडा हुने देखिन्छ। मतदाता बढी भएकाले आफूले चुनाव जित्नेमा डा ज्ञवाली ढुक्क छन्। आफूले ३० वर्षभन्दा बढी कानुन पढाएकोले विद्यार्थीबीच निकटताका कारण निर्वाचन जित्नेमा न्यौपाने आशावादी छन्।

मत आआफ्नै पक्षमा पार्नका लागि दुवै उम्मेदवारले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। प्रगतिशीलतर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता ज्ञवालीले आफू काउन्सिलर पदमा निर्वाचित भएमा परिषद्लाई ‘कानुनी बौद्धिक पुञ्ज’का रूपमा विकास गर्न पहल गर्ने चुनावी प्रतिबद्धता जनाएका छन्। 'मेरो पक्षमा कानुन व्यवसायीको स्पष्ट बहुमत छ', उनले भने, 'जित्नेमा ढुक्क छु, परिषद्को समग्र विकास गरी कानुनी बौद्धिक पुञ्जका रूपमा विकास गर्नेछु।'

वरिष्ठ अधिवक्ता डा ज्ञवालीको चुनावी घोषणापत्रमा कानुनी शिक्षामा सैद्धान्तिक, व्यवहारिक तथा कार्यमूलक पाठ्यक्रममा सन्तुलन गरी दक्ष कानुन व्यवसायी उत्पादनका लागि सातवटै कानुनी शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा क्याम्पसले पूरा गर्नुपर्ने शैक्षिक नीति तय गर्न मापदण्ड निर्धाण गर्न पहल गर्ने प्रतिबद्धता छ। यसैगरी अन्तरराष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यवहारिक शिक्षाको पाठ्यक्रम परिषद् आफैंले विकास गर्न पहल गर्ने, कानुन व्यवसायीको दक्षता अभिवृद्धि गर्न आधारभूत तथा विशिष्ठकृत तालीम एवं प्रशिक्षण अनिवार्यरूपमा सञ्चालन गर्ने रहेको छ।  

वरिष्ठ अधिवक्ता डा ज्ञवालीले  काउन्सिलर पदमा विजयी भएमा कानुनी शिक्षाको अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदानमार्फत कानुन जर्नललाई अन्तरराष्ट्रियस्तरको बनाउने काम हुने जानकारी दिए। परिषद्लाई कागजरहित कार्यालयको रुपमा विकास गर्ने, परिषद्लाई अन्तरराष्ट्रियस्तरको स्रोत तथा तालीम केन्द्रका रुपमा विकास गर्ने र कानुन व्यवसायीका लागि कल्याणकारी कोषको स्थापना गर्न पहल गर्ने मुख्य चुनावी कार्ययोजना उनको  रहेको छ।

लोकतान्त्रिक समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता न्यौपानेले मतदाताबीच आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। 'जित सुनिश्चित छ, म ३० वर्षदेखि कानुन नै पढाउँदै आएको हुँ, कानुन व्यवसायीबीच मेरो निकटता राम्रो छ', उनले भने, 'परिषद्लाई स्वतन्त्र, स्वायत्त र सशक्त बनाउन पहल गर्नेछु।'

Ncell 2
Ncell 2
nimb
nimb

वरिष्ठ अधिवक्ता न्यौपानेको चुनावी प्रतिबद्धतापत्रमा नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० मा समयानुकूल संशोधनका लागि पहल गर्ने,  वरिष्ठ अधिवक्ताको उपाधिका लागि परिषद्को समेत सल्लाह र सिफारिशमा एक निश्चित मापदण्ड बनाउने पहल गर्ने रहेको छ। यस्तै, कानुन व्यवसायीको शुद्धीकरण र व्यावसायिक मर्यादामा जोड दिई विद्यमान ऐनमा कारवाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐन नै संशोधन गरी व्यावसायिक बनाउने, अन्तरराष्ट्रिय मापदण्ड तथा प्रचलनअनुसार नेपालभित्र कानुन विषयको अध्ययन अध्यापन हुने सबै विश्वविद्यालयमा समन्वय र सहकार्य गर्दै गुणस्तरीय कानुनी शिक्षाको विकासका आवश्यक मापदण्ड निर्धारण गरी सिफारिस गर्न र कानुन व्यवसायीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्थालाई प्रभावकारीरूपमा लागू गर्न प्रतिवद्धतामा उल्लेख छ।

चुनावी प्रतिस्पर्धाका लागि दुवै उम्मेदवारका भावी योजना परिषद्को सुधारका लागि छन्। वाग्मती प्रदेशमा काउन्सिलर बन्नका लागि कडा प्रतिस्पर्धा हुने देखिएता पनि अन्य प्रदेशमा खासै प्रतिस्पर्धा देखिएको छैन। सात प्रदेशबाट दुई–दुई गरी १४ जनाले उम्मेदवारी दिएका छन्।

प्रत्येक प्रदेशबाट एक/एक जना पार्षदका लागि प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्रले उम्मेदवारी दिएका छन्। गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीको चुनावी प्रतिस्पर्धामा छन्।

सात परिषद् सदस्यका लागि सो निर्वाचन हुन लागेको हो। कानुन व्यवसायमा निरन्तर १० वर्ष काम गरेका कानुन व्यवसायीले मात्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था रहेको छ। ती पार्षद्‌को कार्यकाल पाँच वर्षको हुनेछ। परिषद्का सचिव रामहरि काफ्लेका अनुसार परिषद् सदस्यका लागि प्रत्येक प्रदेशमा निर्वाचन हुन्छ। त्यही प्रदेशका वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ। परिषद् १३ जनाको हुनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महान्यायाधिवक्ता अध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष  सर्वोच्च रजिष्टार, त्रिविको कानुन सङ्कायको डीन, सात प्रदेशबाट एक/एक जना पार्षद सदस्य गरी सात जना बारले मनोनित गरेका दुई जना गरी जम्मा १३ जना परिषद् रहने कानुनी व्यवस्था छ।  परिषद्ले कानुन व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानुन व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ। रासस

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्