काठमाडौं– राहदानी विभागले आफ्ना सेवा अनलाइनमार्फत् प्रदान गर्न एप्लीकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआइ) जडान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा विकास गरी कार्यान्वयनमा ल्याइएको नागरिक एप्समार्फत् आफ्ना सेवा अनलाइनमार्फत् दिने उद्देश्यले एपीआइ जडान गरिएको विभागले जनाएको छ। एपीआइ माघ १७ गते जडान गरिएको हो।
सरकारले सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यसहित ‘नागरिक एप्स’ सञ्चालनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।