काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसबाट बँच्न सरकारले थालेको तयारीप्रति नागरिकको आशंका, सरकारले अझै सक्रियता बढाउनुपर्ने सुझाव, चीनबाट ल्याइएका नेपालीलाई राख्ने स्थानबारे मंगलबार टुंगो लगाइने।
२) अवकाश पाउनै लाग्दा संकटमा आइजिपी खनाल, कुमार पौडेल इन्काउन्टरमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन, आयोगको थप कारबाहीबाट जोगिन गृहले पठायो पत्र।
३) मोबाइल आयातमा अस्वाभाविक उतारचढाव, सरकारी नीतिले फस्टाउँदै अवैध कारोबार, चोरी रोक्न व्यवसायी र सरकार सहमत, तर भएन कार्यान्वयन।
४) अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजअघि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकबाट उमेश पटवालको राजीनामा, आइसिसीलाई बुझाए पत्र, सिरिज सकिएलगत्तै लागू हुने।
५) र, अमेरिकाले कोरोना भाइरसबारे त्रास फैलाएको चीनको आरोप, भाइरसको संक्रमण रोक्न वासिङ्टनले आफूहरूलाई सहयोग नगरेको दाबी, कोरोना गतवर्ष अमेरिकामा फैलिएको रूघाजस्तो भयावह नभएको तर्क।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।