काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन्। जबर्जस्ती करणी उद्योगमा थुनामा रहेका महरालाई भट्टराईले सोमबार भेटेका हुन्।
भट्टराईले करिब एक घन्टासम्म महरासँग कुराकानी गरेको स्रोतले जनाएको छ।
जबर्जस्ती करणी उद्योगमा उनलाई काठमाडौं जिल्ला अदालतले मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरा धरौटीमा छुट्ने आस गर्दै उच्च अदालत पाटनसम्म पुगे पनि उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो।
संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।