काठमाडौं– निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट–३’ को पहिलो गीत रिलिज भएको छ। सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ‘चार आनाको मसला’ बोलको गीतमा सार्वजनिक भएको छ।
डिपी खनालको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा राम खम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन्। प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतमले अभिनय गरेका छन्।डान्सिङ विटको गीतमा अभिनेत्रीद्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड अवतारमा कम्मर मर्काएको देख्न सकिन्छ।
अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको पहिलो र दोश्रो श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए।
गीत हेर्नुस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।