काठमाडौं- जिल्ला प्रशासन कार्यालय, दोलखाका पूर्व प्रमुख जिल्ला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रजिअ उप-सचिव खगेन्द्रप्रसाद रिजालविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो।
रिजालले आफ्नो ओहदाअनुसार कार्य सम्पादन नगरी 'महिलासम्बन्धी केस लाग्छ, थुनिदिन्छ, जागिर जान्छ' भनी डरत्रास देखाउँदै घुस माग्ने गरेको आरोप अख्तियारले उल्लेख गरेको छ।
उनले सेवाग्राहीबाट विभिन्न समयमा ६ लाख ५२ हजार ६ सय भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।