काठमाडौं- चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित उनका सवारी चालकलाई समेत पक्राउ गरेको हो।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।