बेइजिङ- कोरोना भाइरसका कारण हालसम्म चीनमा मात्रै ३ सय ४ जनाको मृत्यु भएको छ।
चीनको पनि हुवेई प्रान्तमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या बढी रहेको बिबिसीले समाचार सम्प्रेषण गरेको छ। चीनमा हालसम्म १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण भेटिएको छ।
उता चीनबाहिर भने पहिलोपटक एक जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाट फिलिपिन्स पुगेका एक जनाको यो भाइरसका कारण मृत्यु भएको हो। उनलाई चीनमा भएकै बेला कोरोनाको संक्रमण भएको थियो।
भारतले जारी गर्दै आएको अनलाई भिसामा पनि यो भाइरसको असर परेको छ। भारतले चिनियाँ नागरिकका लागि जारी गर्दै आएको अनलाईन भिसा समेत तत्कालका लागि बन्द गरेको छ। भारतमा कोरोना भाइरसको दोस्रो संक्रमण भेटिएपछि अनलाईन भिसामा भारतले कडाइ गरेको हो।
चीनको हुवेईबाट भारतले २ सय २३ नागरिकलाई स्वदेश फर्काएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।