काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) बुधबारदेखि जारी नेकपा केन्द्रीय कमिटी बैठक सकियो, एमसिसीबारे अध्ययन गर्न कार्यदल गठन, नेकपा सांसदलाई बालुवाटारमा भोजका लागि ‘ह्विप’ ।
२) मन्त्रिपरिषदका नाममा भ्रष्टाचार बढाउने कानुन ल्याएको भन्दै अख्तियार विधेयकमाथि सांसदको आपत्ति, भ्रष्टाचार मुद्दामा समयसीमा तोक्ने कुरा पनि आपत्तिजनक रहेको तर्क ।
३) ५ वस्तुको बजार मूल्य तहबारे अध्ययन गर्दै आपूर्ति विभाग, बिचौलिया निस्तेज पार्ने रणनीति भएको दाबी, यसअघिका ३ अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी थन्काइए ।
४) ए डिभिजन लिग फुटबलमा पुलिसलाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा, नवयुगको २ गोल, अर्को खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध संकटाको जित ।
५) र, १४ दिनदेखि चीन हुँदै दक्षिण कोरिया प्रवेश गर्ने विदेश नागरिकमाथि रोक, बिनाभिसा जेजु टापुमा घुम्न जाने पर्यटकलाई पनि अस्थायी प्रतिबन्ध ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।