इटहरी- निलम्बित एसएसपी सौरभ राणाले जिल्ला प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका छन्। राणा आफै प्रहरी कार्यलयमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
आफूविरुद्ध पक्राउपुर्जी जारी भएको जानकारी पाउनासाथ उनी प्रहरी कार्यलय पुगेका थिए।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार राणा आफैले आत्पसमर्पण गरेका हुन्।
दिउँसो १२ बजेतिर पक्राउपुर्जी जारी भएको र २४ घन्टाभित्र अदातल उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था भएकोले सोमबार ११ बजे नै अदालत पुर्योउने गरी तयारी थालिएको उनले जानकारी दिए।
आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध पक्राउपुर्जी जारी भएको हो। निलम्बित एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख हुन्।
प्रहरी उपरीक्षक हुँदा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका इन्चार्ज थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।