काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय सदस्य वामदेव गौतम अब वैधानिक रूपमा नै सो पार्टीको उपाध्यक्ष भएका छन्।
आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम वैधानिक रूपमा नै उपाध्यक्ष बनेका हुन्।
यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।
केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिए।
माघ १५ गते सुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठक प्रतिवेदन पारिस भएसँगै समापन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।