काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले अध्क्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवदेन पारित गरेकाे छ।
नेकपा केन्द्रीय सदस्य सूर्य थापाले बैठकबाट राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको समाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन्।
गत बुधबारदेखि सुरु भएको बैठकमा अध्क्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आइतबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने निर्णय गरेको थियो । त्यसअनुसार राजनीतिक प्रतिवेदनमा उठेका विषयका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित भएको हो।
यस्तै बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक र विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।