राजविराज- सरस्वती पुजाको प्रसाद खाँदा सप्तरीको सुरुङ्गा नगरपालिकामा ७० जना बिरामी परेका छन्।
सुरुङ्गा नगरपालिका ७, हरिपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित पुजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावकहरु बिरामी भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए। फुड प्वाइजन भएका बिरामी शनिबार साँझदेखि नै देखिएका थिए।
आईतबार बिहानदेखि बिरामी अत्याधिक बढेका प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरले जनाएको छ। आईतबार ३ बजेसम्म बिरामीको संख्या ७० पुगेको स्वास्थ्यकर्मीहरुले जनाएका छन्।
स्वास्थ्य संस्थामा चाप बढेपछि बिरामीलाई विद्यालयमै राखेर उपचार सुरु गरिएको छ। नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर बिरामीको उपचार गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयको टोली पनि हरिपुर पुगेको मेयर चौधरीले वताए।
बिरामी बढ्दै गए पनि अवस्था नियन्त्रणमा रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।