नयाँ दिल्ली- भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार हानेर हत्या गरिएको छ।
रणजीत बच्चन आफ्ना भाइका साथ मर्निङ वाल्कमा गइरहेका बेला गोली प्रहार भएकाे हाे।
रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ। लखनऊका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार आइतबार बिहान ६ बजे रणजीत मर्निङ वाकका लागि निस्केका थिए।
मोटरसाइकलमा आएका आक्रमणकारीले गोली प्रहार गरे लगत्तै घटनास्थलमै उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।