काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो।
गत बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आज पार्टी नेतृत्वले जवाफ दिने कार्यक्रम छ। त्यसैलाई ध्यानमा राख्दै सचिवालय बैठक बोलाइएको हो। सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छुट्टै छलफल भएको थियो।
केन्द्रीय कमिटी बैठकमा शनिबारसम्म सबै समूह नेताले आफ्नो समूहका तर्फबाट प्रस्तुति गरिसकेका छन्। बैठकमा उठेका विषयमाथि नेतृत्वले जवाफ दिने भनिए पनि क-कसले दिने भन्ने प्रष्ट भएको छैन।
एकजना वा दुवै अध्यक्षले मात्रै बोले भने केन्द्रीय कमिटी बैठक आजै सकिन्छ। सचिवालयका सबै सदस्यले बोले भने भोलिसम्म लम्बिने सम्भावना छ।
छलफलका लागि विभाजन गरिएको १५ समूह सचिवालयका सदस्यहरु थिएनन्। त्यसैले उनीहरुले बैठकमा आफ्नो धारणा राख्न पाएका छैनन्। त्यसैले उनीहरुले पनि बैठकमा सम्बोधन गर्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।