सुनसरी- रामधुनी नगरपालिकाकाे तित्रृबनामा आज बिहान करिब ६:३० बजे बस र हायस गाडी ठाेक्किँदा चार जनाकाे मृत्यु भएकाे छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठाेक्किएका हुन्।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। मृतकको सनाखत हुन बाँकी छ। शवहरु गाडीमा चेपिएका कारण बाहिर निकाल्न कठिन भएकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।