काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा शनिबार साँझसम्म पक्राउ नपरेको प्रहरीले प्रष्ट पारेको छ।
धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार शनिबार साँझसम्म एसएसपी राणा पक्राउ परेका छैनन्। 'आज शनिबार भएर पक्राउ पुर्जी जारी भएन। आइतबार पक्राउ पुर्जी जारी भए मात्र थप प्रक्रिया अघि बढ्छ,' डिएसपी न्यौपानेले भने। ्
शनिबार नै उनी पक्राउ परेको समाचार समेत आएका थिए।
बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।