काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा केन्द्रीय कमिटी बैठकमा समूह नेताले रिपोर्टिङ गर्ने क्रम सकियो, एमसिसीकै कारण पार्टीमा महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरुलाई चेतावनी ।
२) चीनको हुवेईका नेपाली स्वदेश फर्काउने तयारी, आइतबार ९ बजेअघि फारम भरिसक्न चीनस्थित नेपाली दूतावासको आग्रह, २ जहाज तयार रहेको पर्यटन मन्त्री भट्टराईको भनाइ ।
३) सरकारको करिब डेढ वर्षदेखिको तयारीपछि सामाजिक सञ्जालमा गरिने विज्ञापनमा रोक, कानुनले परिभाषित नगरेको क्षेत्रमा विदेशी मुद्रा भुक्तानी बढ्दै गएको अर्थ मन्त्रालयको भनाइ ।
४) ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबविरुद्ध मच्छिन्द्रको जित, १० खेलमा २२ अंक जोड्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो, अर्को खेलमा थ्री स्टार विजयी ।
५) र, औपचारिक रुपमै ईयूबाट बाहिरियो बेलायत, प्रधानमन्त्री बोरिस जोनसनले भने– नयाँ युगको सुरुवातलाई स्वागत, ईयूबाट अलग हुँदा बेलायत कमजोर हुने यूरोपेली आयोगका अध्यक्षको दाबी ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।