बुटवल- नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताका पक्षमा गरिने आन्दोलनमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहेको बताए। प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदनमार्फत कांग्रेसले निरन्तर खबरदारी गरिरहेको भन्दै देउवाले पत्रकारहरुको जायज मागहरुको सम्बोधन गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथिमा तिलोत्तमा १४ मा भएको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै देउवाले वर्तमान कम्युनिस्ट सरकार प्रेस स्वतन्त्रता हनन गरेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताए। दुइ तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विभिन्न विधेयकहरु ल्याइएको भन्दै उनले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।