काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा समूहगत प्रस्तुति सकिएको छ।
बुधबारदेखि जारी बैठकमा विभिन्न १५ वटा समूह बनाएर छलफल गरिएको थियो। प्रत्येक समूहमा उठेका धारणालाई समूह नेताले पूर्ण बैठकमा पेस गरेका थिए। शनिबारमात्रै ११ समूहका नेताले आफ्नो समूहमा उठेका विषयलाई प्रस्तुत गरेका छन्।
शुक्रबार नै 4 समूहले आफ्नो प्रस्तुति सकेका थिए।
समूहमा एमसिसीको विषय जोडतोडका साथ उठेको छ। कतिपय समूहले शासकीय स्वरुप फेर्नुपर्नेदेखि भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेसम्मको धारणा राखेका छन्।
अब आइतबार छलफलका क्रममा उठेका धारणाको अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ। समूहगत प्रस्तुति सुन्नका लागि अध्यक्ष केपी शर्मा ओली बैठकस्थलमा उपस्थित भएका छैनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा उपस्थित भएका थिए।
ओली उपस्थित भएनन् भने आइतबार प्रचण्डले नै जवाफ दिन सक्ने एक नेताले बताए। आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।