• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इयूबाट बहिर्गमनपछि बेलायत

64x64
नेपाल लाइभ शनिबार, माघ १८, २०७६  १५:५५
1140x725

काठमाडौं- जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएको छ।

सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत मतदाताले बेलायतलाई इयूबाट अलग गर्ने (ब्रेक्जिट)को समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए। बेलायत आधिकारिक रूपमा शुक्रबारबाट इयूसँग अलग्गिएको छ। यो सँगै इयू र बेलायतबीचको करिब आधा शताब्दी लामो सम्बन्ध नयाँ स्वरूपमा आउनेछ। यद्यपि बेलायतले आगामी ११ महिना सङ्क्रमणकालबाट गुज्रिनेछ। यो समयमा बेलायतले इयूसँग पुरानै कानुनमा आधारित रहेर काम गर्नेछ।

ब्रेक्जिटका लागि गत डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यसहितको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्‌मार्फत यो पछिल्लो सम्झौता गरे। बेलायतले आफ्ना सबै साधन र स्रोतहरूलाई स्वतन्त्र र खुलारूपले प्रयोग गर्न पाउँदा मुलुकको आर्थिक तथा राजनीतिक उचाइ थप बढ्ने बताए। उनले स्रोत र साधनको उपयोग गर्ने समय भएको र यसबाट मुलुकको साख उठाउन बेलायत एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए।

यद्यपि उनले आफ्नो सम्बोधनमा कसरी देशले समृद्धि प्राप्त गर्नेछ भन्नेबारे तर्कहरूलाई पुष्टि गर्ने व्याख्या भने सम्बोधनमा उल्लेख गरेनन्। 

ब्रेक्जिटबारे धारणा राख्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने, 'धेरै व्यक्तिका लागि यो आशाको आश्चर्यजनक क्षण हो जसले यो क्षण आउने कल्पना गरेका थिएनन्। पक्कै पनि यहाँ ठूलो सङ्ख्याले चिन्ता र नोक्सानको भाव पनि प्रकट गरेका छन्।'

'सम्भवतः सबैभन्दा ठूलो तेस्रो यस्तो समूह पनि छ जसले सम्पूर्ण राजनीतिक झगडा कहिल्यै समाप्त नहुने भन्दै चिन्ता गरिरहेका थिए। म ती सबै भावना बुझ्छु र सरकारका रूपमा हाम्रो काम अर्थात् प्रधानमन्त्रीका रूपमा मेरो काम यो देशका सबै नागरिकलाई एकताबद्ध गरेर देशलाई अघि बढाउने हो।'  उनले भने, 'आफ्ना सामर्थ्य र प्रशंसनीय गुणका कारण इयूले आफ्नो झण्डै आधा शताब्दी यसरी बिताएको हो। अब यो बेलायतका लागि सान्दर्भिक छैन। आज भन्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यो सम्बन्धको अन्त्य होइन नयाँ सुरुआत हो र यो वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण हो।'

करिब साढे तीन वर्षपहिले जनताको निर्णयलाई आधार मान्दै बेलायती कानुनअनुसार बहिर्गमनको प्रक्रिया सुरु भएको थियो। तर यसै विषयमा भएका विवादलाई लिएर बेलायतमा दुई–दुईपटक प्रधानमन्त्री पनि फेरबदल भए।

जनमत सङ्ग्रहलगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरूनले प्रधानमन्त्री पदबाट राजीनामा दिए। उनी ब्रेक्जिटको विपक्षमा थिए। त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेलाई जनमत सङ्ग्रहको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु वा लागू गर्नु थियो। तर ब्रेक्जिटका लागि मेले इयू नेताहरूसँग गरेको सम्झौतालाई बेलायतको संसद्ले स्वीकृति नदिँदा पटक पटकको प्रयास विफल भयो। विभिन्न सर्तहरूबारे सांसदको समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिइन्। अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आयाे।

Ncell 2
Ncell 2
nimb
nimb

ब्रेक्जिट पक्षधर र इयूको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्‍याली गरेका थिए।  ब्रेक्जिट पक्षधरले त उत्सव र मैनबत्ती नै बालेर परिवर्तनलाई आत्मसात् गरेका छन्।

बेलायतले अबका ११ महिनासम्म ‘सङ्क्रमणकाल’ सुरु गर्ने भएकाले परिवर्तन चाहिँ खासै देखिने छैन। सदस्यता त्यागे पनि धेरैजसो युरोपेली संघका कानुनहरू कायमै रहनेछन्। ब्रेक्जिट लागू भए पनि सङ्क्रमणकालभरि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्। सरकारले इयूसँग सङ्क्रमणकालभित्रै स्थायी रूपमा खुला व्यापार सम्झौता गरिसक्ने लक्ष्य राखेको छ।

 ब्रेक्जिटपछि दिएको संक्षिप्त प्रतिक्रियामा लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भने 'ब्रेक्जिटपछि देश अगाडि बढ्नुपर्थ्याे र इयूसँग ‘राम्रो सम्बन्ध बनाइ रहनुपर्थ्याे।’  उनले बिना आधार अमेरिकासँग व्यापार सम्झौताका लागि हतार नगर्न सुझाव दिए।

उनले ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि इयूबाट बाहिरिने दिन सबैका लागि एक महत्वपूर्ण समय भएको पनि बताए। 

Xtrem

Xtrem

जनमतसङ्ग्रहका बेला इयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि ब्रेक्जिट कार्यान्वयनमा जाने दिन बेलायतका लागि ठूलो दिन भएको बताए। उनले बेलायतका जनताको ‘रोजाइ सफल हुने’ विश्वास आफूलाई रहेको बताए।

त्यस्तै ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भने, 'अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौँ। संस्थापनको विरुद्ध लड्ने मानिसका लागि जनवरी ३१ ऐतिहासिक दिन हो र विशेष जितको पल हो।'

नाइजेल फराजको ब्रेक्जिट पार्टीले सन् २०१९ को मेमा भएका युरोपेली चुनावमा संयुक्त अधिराज्यका तर्फबाट सबभन्दा धेरै सिट जितेको थियो। ब्रेक्जिट पार्टीका नेता तथा बेलायतले इयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वतः समाप्त हुँदैछ किनभने ब्रेक्जिटको समयमा बेलायतले इयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ।

सङ्क्रमणमा संयुक्त अधिराज्यले इयूको नियम मानिरहनेछ र इयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ। कति कुरा पहिलाकै जस्ता हुनेछन् भने केही बदलिनेछन्। ब्रेक्जिटको कार्यान्वयनसँगै युरोपेली संसद्मा रहेका बेलायती सदस्यहरू पदमुक्त भएका छन्। तर बेलायतले सङ्क्रमणमा इयूको नियम मान्नुका साथै युरोपेली न्यायालयलाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ।

अब इयू शिखर सम्मेलनमा बेलायत सहभागी हुन पाउने छैन। बेलायती प्रधानमन्त्रीलाई विशेष निमन्त्रणा गरिएको अवस्थामा बाहेक आगामी दिनमा हुने इयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुन अवसर मिल्ने छैन। साथै बेलायती मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित इयू बैठकहरूमा सहभागी हुने छैनन्।

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न बेलायतले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ। यसपहिले इयूको सदस्य रहेको भन्दै बेलायतले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन। ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा बेलायतको अर्थतन्त्रलाई फाइदा हुनेछ। अनि इयूसँग अझै धेरै छलफल बाँकी छन्।

बेलायत–इयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले सङ्क्रमणको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन। कुनै व्यापार सम्झौता हुने हो भने त्यो सङ्क्रमण सकिएपछि मात्र सुरु हुनेछ।

सन् १९८८ मा बेलायतको नीलो पासपोर्टलाई इयूअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो। पुरानो नीलो रङ्गको बेलायती पासपोर्टको रङलाई पुनः प्रयोगमा आउनेछ। हालको कलेजी रङ्गको पासपोर्टले त्यसलाई ३० वर्षअघि विस्थापन गरेको थियो। आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागू गरिनेछ। यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन्।

ब्रेक्जिटको संस्मरणस्वरूप बेलायतले ५० पेन्सका ३० लाख सिक्कालाई शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ। तिनमा जनवरी ३१ को मिति तथा ‘शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता’ कुँदिएको छ। सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ। ब्रेक्जिटविरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन्। यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो। तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाइएको हो। 

ब्रेक्जिट प्रक्रियालाई अघि बढाउन इयूसँग वार्ता गर्न गठित टोली तथा अन्य सम्बद्ध तयारीहरू अब स्वतः अन्त्य भएका छन्। पूर्वप्रधानमन्त्री टरिजा मेले सन् २०१६ मा इयू बहिर्गमन विभाग स्थापना गरेकी थिइन्। आगामी वार्ताका लागि बेलायतको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमै रहनेछ।

अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई बेलायत फिर्ता ल्याउन सम्भव हुनेछैन। जर्मनीको संविधानले इयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन।

बेलायतका नागरिकलाई इयू नागरिकझैँ व्यवहार गरिनेछ। विमान, पानीजहाज र रेलहरू साबिकझैँ चल्नेछन्। अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ सङ्क्रमणको अवधिमा बेलायतका नागरिकहरूलाई अझै पनि इयू आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ।

चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट म्याद नसकिँदासम्म मान्य रहिरहनेछन्। तर नवीकरण गर्दा अब नयाँ नियम लागू हुनेछ। 

युरोपेली स्वास्थ्य बीमा कार्ड
बेलायतका नागरिकलाई इयूमा स्वास्थ्य सेवा लिन मिल्नेगरी बनाइएका यी विशेष स्वास्थ्य सेवाका लागि वितरण भएको परिचयपत्र सङ्क्रमणकालसम्म मात्र मान्य हुनेछन्। बिरामी वा दुर्घटनाका बेला बेलायता नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्यसेवा लिनका लागि गराउँछ। ती कुनै पनि इयू सदस्य राष्ट्रसहित स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिक्टेन्स्टाइनमा सङ्क्रमणकालीन अवधिभरि लागू भइरहनेछन्।

सङ्क्रमणीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ। त्यसैले यो अवधिमा बेलायतका नागरिकहरूले अहिलेको जस्तै इयूमा बस्न र काम गर्न पाउनेछन्। त्यस्तै व्यवस्था बेलायतमा बस्न र काम गर्न चाहने इयूका नागरिकको हकमा पनि लागू हुनेछ।

इयूमा बस्ने बेलायतका नागरिकहरूले सरकारी पेन्शन तथा वार्षिक वृद्धि पाइरहनेछन्। सङ्क्रमणकालभरि बेलायतले इयूलाई बजेट योगदान दिइरहनेछ। यसको अर्थ इयूको अनुदानबाट सञ्चालित साबिकका कार्यक्रमहरू चलिरहनेछन्। बेलायत–इयु व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन्। रासस

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्