काठमाडौं– यस्तो लाग्छ, ०७६ साल नेपाली अभिनेत्रीका लागि बिहेको साल हो। लगातार जुरिरहेको केही अभिनेत्रीको बिहेको साइतले यस्तै संकेत गर्छ।
एक महिनाअघिमात्रै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन्। त्यसको एक महिनापछि हालैमात्र अभिनेत्री प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भयो। उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग यही फागुन १५ गते लगनगाँठो कस्दैछिन्।
प्रियंकाको बिहे मिती सार्वजनिक भएको एक साता नपुग्दै अर्की अभिनेत्री आँचल शर्माको पनि बिहे मिती पक्का भएको छ। उनी निकटस्थ श्रोत अनुसार फागुन अन्तिम साता उनी प्रेमी उदिप श्रेष्ठ बिहे गर्दैछिन्।
बिहेको पुर्वसन्ध्यामा शुक्रवारमात्रै उनले आफ्नो परिवारसँग ‘हुनेवाला दुलही’ भन्दै केक काटेकी छिन्।
यो साल बिहे गर्ने अभिनेत्रीको सुचीमा आँचल नै अन्तिम हुन्छिन् या अरु पनि तयारीमा छन्? हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।