नयाँ दिल्ली- भारतमा आज आर्थिक वर्ष २०२०/२१ को लागि बजेट पेस हुँदैछ। बिहान ११ बजे संसदमा वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्न लागेकी हुन्।
आर्थिक मन्दीका बीच आउन लागेकाे यो बजेट अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिएकाे छ। बजेटमा र्थव्यवस्थालाई बृद्धि गर्ने अटो, रियल इस्टेटसहितका क्षेत्र उच्च प्राथमिकता रहने अपेक्षा गरिएकाे छ।
यस्तै मध्यम वर्गकाे कर कटौती, किसान, युवा र महिलाका लािग पनि राहतको आशा गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।