काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)नेकपा केन्द्रीय कमिटि बैठकमा अधिकांश सदस्य अहिलेकै अवस्थामा एमसिसी पारित गर्न नहुने पक्षमा, अध्ययनका लागि विज्ञ टोली गठन गर्न सुझाव ।
२)भागबन्डा मिलेपछि कांग्रेसमा पौडेल र सिटौला समूह आफ्नो अडानमा एक महिना पनि टिकेनन्, बिर्सिए नेविसंघको उमेरहद ।
३)भारत तथा तेस्रो मुलकबाट ६ महिनामा झन्डै ७ खर्बको आयात, निर्यात २६ दशमलब १३ प्रतिशतले बढ्दा आयात ४ प्रतिशतले घट्यो ।
४)ए डिभिजन लिगमा १४ टिमले ५६ खेल खेल्न बाँकी, अहिलेसम्म सम्पन्न १ सय २६ खेलमा ६७ खेलाडीको १ सय १८ गोल ।
५)र,कोरोना भाइरसबाट चीनमा मात्रै २ सय १३ जनाको मृत्यु, १८ देशमा संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।