काठमाडौं- नेपाली कांग्रेसले प्राणघातक कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारी सर्तकता बढाउन सरकारसँग माग गरेको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्तिमार्फत भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गरिएको छ।
भाइरसको प्रकोपलाई नियन्त्रण गर्न सरकारले युद्धस्तरमा कार्य गर्न सुझाव दिएका छन्।
कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिकलाई व्यापक सूचना संप्रेषण गर्न सुझाव दिइएको छ।
नेपाल प्रवेश गर्ने अन्तराष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गरिएको छ। चीनको वुहान शहरबाट अन्य राष्ट्रले आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको जानकारी गराउँदै देउवाले नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाएको प्रति खेद प्रकट गरेका छन्।
चीनको वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारसँग आग्रह गरिएको छ।
संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्न सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।