• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफ्नै बोली बिर्सिए पौडेल-सिटौला समूहले, एक महिना नपुग्दै ‘यु टर्न’

64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  १४:४७
1140x725

काठमाडौं– नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र तेश्रो धारका नेता कृष्णप्रसाद सिटौला समूह आफ्नो अडानमा एक महिना पनि टिक्न सकेनन्। नेविसंघ तदर्थ समितिमा आफ्नो हिस्सेदारी पाउने भएपछि उनीहरु एक महिनामै ‘यु टर्न’ भए।

संस्थापनइतरका नेताले नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको सन्दर्भमा आफ्नै बोली फेरेका हुन्। उनीहरुको अभिव्यक्ति र व्यवहारमा पूरै भिन्नता देखिएको छ।

पुस ११ पछिका २ सन्दर्भ हेरौं।

पहिलो सन्दर्भ
पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित मिति तय गर्‍यो। विभागको संख्या बढाइयो। तरुण दलको ६ महिने कार्यकाल थपियो। त्यसको अर्को दिन पुस १२ मा महामन्त्री शशांक कोइरालाले एक टेलिभिजन अन्तवार्तामा सभापति शेरबहादुर देउवासँग चरम असन्तुष्टि देखाए।

अघिल्लो दिनका निर्णय नसच्चिएसम्म सभापति देउवासँग वार्ता नै हुन नसक्ने अडान देखाए। केन्द्रीय कार्यालयमा नेविसंघका कार्यकर्ताहरु अनशनमा थिए। कोइरालाले संघको तदर्थ समितिको विषयमा समेत खुलेर विचार राखे। सभापति देउवाको इच्छा पार्टी कब्जा गर्ने भएको उल्लेख गर्दै संस्थापनइतरका नेताहरुको माग सुन्नै नचाहेको दुखेसो राखे।

उनले संघको विषयमा थप प्रष्ट पार्दै पार्टीभित्र भएको छलफलबारे पनि उल्लेख गरे। त्यतिबेलासम्म राजीव ढुङ्गानालाई संघको तदर्थ समितिको नेतृत्व दिने विषयमा सभापति देउवा सकारात्मक भएको कुरा आइसेकको थियो। तथापि,अन्य पदाधिकारीका बारेमा बाहिरी चर्चा कमै थियो। नेता डा कोइरालाले सभापति देउवाले राखेको प्रस्ताव सुनाउँदै भने,‘तदर्थ समितिको सभापति मेरो पक्षको हुन्छ।’

राजीवको नाम सभापतिमा ल्याएको उल्लेख गर्दै थप भागबण्डाबारे देउवाको तयारी सुनाए। ‘चार महामन्त्री बनाउने भन्नु भएको छ। जसमा एक सभापतिकै पक्षबाट र अरु ३ जना रामचन्द्र, कृष्ण सिटौला र गच्छदारलाई दिने भन्नुभएको छ,’ कोइरालाले भनेका थिए।

तदर्थ समितिमा ३२ वर्ष माथिबाट अस्वीकार्य हुनेमा उनी दृढ देखिए। ‘संघको अध्यक्ष पार्टी सभापतिकै पक्षमा भए पनि मेरो भनाइ के हो भने ३२ वर्ष मुनिबाटै हुनुपर्‍यो,’ त्यसमा उनको प्रष्टोक्ति थियो, ‘नेविसंघको विधान टेकेर २५ जिल्लामा अधिवेशन भइसकेको छ।’
१२ औं महाधिवेशनपछि विधान लागू हुने विषयमा सोधिएकोे प्रश्नमा उनले भनेका थिए, ‘हामीले त विधान टेकिसक्यौं।’

Ncell 2
Ncell 2
nimb
nimb

३२ वर्ष उमेर मुनिबाटै तदर्थ समिति हुनुपर्छ भन्ने तपाईहरुको बटमलाइन हो? भन्ने प्रश्नमा डा कोइरालाको जवाफ थियो, ‘हो। ३२ वर्ष माथिकालाई नेतृत्वमा ल्याउनुहुँदैन।’

दोश्रो सन्दर्भ
मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गर्दै आएको थियो। पहिलो चरणमा उक्त पक्षको एक सूत्रीय माग महाधिवेशनको कार्यतालिका  केन्द्रीय समिति बैठकमा पेश हुनुपर्ने थियो।

मंसिर २६ देखि पुस ११ अघिका चार बैठक संस्थापनइतरकै कारण सुचारु हुन सकेन। त्यस बीचमा संस्थापन र पौडेल समूहको विवाद अन्त्यका लागि कार्यदल पनि बन्यो। पटक पटकको छलफलबाट समेत कार्यदलले सहमति पहिल्याउन सकेन। पुस ११ मा संस्थापन पक्षले पौडेल र सिटौला पक्षलाई जिल्याउने गरि महाविधेशनको कार्यतालिकासहित केही धारा निलम्बन गरी विभागको संख्या थपे। उक्त निर्णयले संस्थापनइतर थप चिढियो। कार्यदलमा रहेका एक सदस्य प्रकाशमान सिंहले पुस १५ मा केही पत्रकारलाई आफ्नै निवास निम्त्याए।

संस्थापन पक्षसँग रुष्ट नेता सिंहले खुला रुपमा पत्रकारसँग दोहोरो सम्वाद गरे। सभापति देउवाको कार्यशैलीप्रति अनेक प्रश्न उठाए। विधानविपरीत पार्टी सञ्चालन नहुँदा कांग्रेस कमजोर भएको कारण पेश गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिंहले कार्यदलमा चर्को विवादको विषय रहेको नेविसंघको विषयमा पनि पत्रकारलाई जानकारी गराए।  कार्यदल तहमा भएका वार्ता करिब-करिब सहमतिनजिक पुगेको उनको ठम्याइ थियो। नेविसंघको विषयमा भने विवाद कायम रहेको उनले स्वीकारेका थिए। तदर्थ समिति बनाउँदा संस्थापनइतरले आफ्नो हैसियत नबिर्सनेमा आफूहरु सचेत रहेको बताए।

संसोधित विधान अनुसार नै तदर्थ समिति बन्नु पर्ने सुनाउँदै सिंहले भनेका थिए, ‘१२ औं महाधिवेशनका लागि नेविसंघको संसोधित विधानअनुसार जिल्ला अधिवेशन भएका छन्। विधानकै स्पिरिट अनुसार नेविसंघको तदर्थ समिति बन्नुपर्छ।’

तेश्रो धारका नेता सिटौला पक्ष उमेर हदको वकालत गर्ने सबैभन्दा अग्रपङ्तिमा थियो। तर, भागबण्डाका अगाडि विधानको कार्यान्वयन गौण भयो।

महामन्त्री डा कोइराला र नेता सिंहको बोली एक महिना पनि टिक्न सकेन। विधानको वकालत गर्ने नेताहरुले गत शुक्रबार बुढानिलकण्ठमा भागबण्डामा सहमति जनाए। 

किन टिकेन अडान?
२०७५ को असोजमा केन्द्रीय समितिले संघको उमेर हद ३२ वर्ष कायम हुने निर्णय गरेको थियो। संस्थापन पक्ष तदर्थ समिति ३२ वर्ष माथिबाट ल्याउनेमा ढुक्क थियो। 

बिहीबार तदर्थ समिति गठन गरियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उमेरको विषयमा आवाज उठे। त्यसलाई प्रष्टाउँदै  प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुलाई विधानको अंश पठाए। नेविसंघको विधान २०२७ (सातौं संसोधन) को भाग २, धारा ५ अन्तर्गत बुँदा नं ५ भन्छ,‘३२ बर्ष पुगेको ब्यक्ति नेविसंघको सदस्य बन्न पाउंदैन र यो ब्यवस्था संघको १२ औं महाधिवेशनबाट लागू हुनेछ।’ अर्थात्,महाधिवेशनबाट आउने समिति र महाधिवेशन गराउने समिति फरक कुरा हुन्। 

शर्माले उल्लेख गरेको विधानको प्रावधान महामन्त्री र नेता सिंहले अध्ययन नगरेका हुन् त? होइनन्। संसोधित विधान लागू गरेर कतिपय जिल्लामा अधिवेशनसमेत भएका छन्। उक्त विषय नेताद्वयले प्रष्टाएकासमेत छन्। पौडेल पक्ष नेता नविन्द्रराज जोशीले शीर्ष नेताहरुले गरेको निर्णय प्रति अस्वीकार गर्न नसकिने प्रतिक्रिया दिए। उनले भने,‘३२ वर्षे उमेर हद कायम हुनुपर्छ नै भन्ने हो। विधान कार्यान्वयन हुनुपर्छ भन्दै आएका पनि छौं।’ 

 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्