• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धर्म परिवर्तनको डढेलो समयमै नियन्त्रण नगरे देश द्वन्द्वमा फस्छ : कमल थापा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  १३:५२
1140x725

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाे बताएका छन्।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले कम्युनिस्ट नेतृत्वको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न सकेन बताए। बैठका ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावि कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले राजसंस्थालाई पाखा लगाएर सुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यासपछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास भएकाे बताए।

केही ठूला व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठबन्धनले देशमा डरलाग्दो भ्रष्टाचारको संजाल र जालो खडा गरेको आराेप लगाउँदै उनले तलदेखि माथिसम्म सेटिङ मिलाएर ब्रम्हलुट हुने गरेको बताए।

अध्यक्ष थापाले पछिल्लो तथ्यांकअनुसार तीव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको बताए। धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसके यसले नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फसाउने संभावना देखिएकाे थापाले बताए।

थापाद्वारा बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रकाे पूर्णपाठ

‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावि कार्यदिशा’
आदरणीय साथीहरु!
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको यस बैठकमा सम्पूर्ण उपस्थित साथीहरुलाई म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। काठमाडौं बाहिरबाट पाल्नुभएका साथीहरुमा विशेष आभार समेत प्रकट गर्दछु। यसपटकको बैठकमा मुख्यतया पार्टीको आगामी महाधिवेशनका बारेमा हामी विस्तृत रुपमा छलफल र निर्णय गर्नेछौंं। महाधिवेशनको छलफलमा प्रवेश गर्नु अघि देशको वर्तमान अवस्थाको बारेमा चर्चा र विश्लेषण गर्नु आवश्यक र प्रासंगिक हुनेछ।

सरकार पूर्णरुपमा असफल
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य संचालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे। दुई दशक भन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम हुनेछ तथा देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुनेछ भन्ने आशा र भरोसा गरेका थिए। यहि कारणले पनि जनताले एउटै दललाई सहज बहुमत प्रदान गरे। दुर्भाग्यवश  कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न सकेन।

राज्य सञ्चालनको हरेक पक्षमा सरकार असफल प्रमाणित भएको छ। देश र जनताको विश्वास जित्ने गरि सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन। पुर्वाधार विकासको क्षेत्रमा केही कार्यहरु भएता पनि आर्थिक सम्बृद्धिको निमित्त अनिवार्य शर्तको रुपमा रहने लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्युनिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सरकार पुरै असफल भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास हुन्छ। संस्थागत एवं नीतिगत भ्रष्टाचार, धर्मपरिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद, बाह्य शक्तिको चलखेल हाल देशमा विद्यमान मुख्य संकट वा चुनौति हरु हुन्।

संस्थागत एवं नीतिगत भ्रष्टाचार
केही ठूला व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठवन्धनले देशमा अहिले डरलाग्दो भ्रष्टाचारको संजाल र जालो खडा गरेको छ। तलदेखि माथिसम्म सेटिङ मिलाएर ब्रम्हलुट हुने गरेको छ। यस्तो सेटिङको दवाव र प्रभावमा कारवाही चलाउने सुरक्षा निकाय र न्याय दिने न्यायालय समेत परेका छन्।

आर्थिक स्वार्थ पुरा गर्न कानुनी वाधा भए कानुन नै फेरि दिने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको वहानामा ठेक्कापट्टा र सार्वजनिक खरिद विक्रि जस्ता विषयलाई पनि मन्त्री परिषदबाट निर्णय गराउने लुट प्रवृत्ति हावी भएको छ। हाल व्याप्त भ्रष्टाचारले विश्व भरि नेपालको वदनाम भैरहेको छ। स्वदेशी विदेशी लगानीकर्ताहरु निराश रहेका छन्। फलस्वरुप समग्र आर्थिक विकासमा प्रतिकुल असर परेको छ।

धर्मपरिवर्तनको डढेलो
पछिल्लो तथ्यांक अनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ। धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विकराल बेरोजगारी समस्या
अपरिपक्व, दिशाहीन र गलत आर्थिक नीतिको कारण देशमा स्वदेशी विदेशी लगानी आउन सकेको छैन। लगानीको अभावमा आर्थिक गतिविधि उत्साहजनक छैन। फलस्वरुप  रोजगारीको अवसर नपाएर देशको कुल युवा जनसंख्याको आधा भन्दा बढी सामान्य जागिरको निमित्त विदेशिन बाध्य भएका छन्। यति ठूलो संख्यामा उत्पादनशील र सिर्जनशील युवाहरुलाई विदेशमा राखेर देशको बिकास र सम्बृद्धिको लक्ष्य पुरा हुन सक्दैन। सरकार देशभित्र रोजगारीको अवसर सिर्जना गर्नुको सट्टा युवाहरुको रगत पसिना निर्यात गर्ने गलत बाटोमा हिँडिरहेको छ।

सर्वसत्तावादको प्रारम्भिक संकेत
शैक्षिक, प्रशासनिक, सुरक्षा, संवैधानिक निकायहरु तथा न्यायपालिकामा समेत पार्टीका कार्यकर्ता र प्रभावका व्यक्तिहरु नियुक्त गर्ने कार्य संगठित र योजनाबद्ध रुपमा भैरहेको छ। अनुसन्धान र कारवाही गर्ने गराउने निकायहरुलाई केन्द्रिकृत गरिएको छ। सरकारी कामकाजमा संविधानको शपथ नखाएका पार्टी र पार्टी नेताहरुको उपस्थिति, प्रभाव र हस्तक्षेप व्यापक हुँदै गैरहेको छ। आमसञ्चार माध्यम र सामाजिक संजाललाई समेत नियन्त्रण गर्ने तयारी देखिन्छ। यसरी राज्यसत्तामा कब्जा जमाए पछि शक्ति, पैसा र सत्ताको दुरुपयोग गरि निर्वाचन जित्ने एवं पुनः सोही चक्रलाई निरन्तरता दिने अभ्यास हुन लागेको देखिन्छ। उपरोक्त कार्यहरुलाई आधार मान्ने हो भने देश लोकतन्त्रको नाममा विस्तारै सर्वसत्तावाद तर्फ उन्मुख हुंदै जान लागेको सहजै बुझ्न सकिन्छ।

वाह्य शक्तिहरुको प्रभाव र हस्तक्षेप
२०६२ र ६३ को परिवर्तन सँगै नेपालमा वाह्य शक्तिहरुको प्रभाव र हस्तक्षेप व्यापक भएको छ। राजनीतिक दलका नेताहरुमा चुनाव जित्न, सत्तामा पुग्न र सत्तामा पुगेपछि टिकिरहन वाह्य शक्तिको सहयोग र आशिर्वाद आवश्यक छ भन्ने आत्मसमर्पणवादी मानसिकता बढेको छ। सरकारको अदूरदर्शिता र नेताहरुको अपरिपक्वताको कारण अहिले नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा झन् बढेको छ। अमेरिकी आर्थिक सहायता सम्बन्धी एमसिसी सम्झौताका सम्बन्धमा देखिएको पछिल्लो ध्रुविकरण र विवाद त्यसको ज्वलन्त उदाहरण हो।

त्रुटिपूर्ण मार्गचित्र र अवधारणा
मुलुकको सामुन्ने विद्यमान उपरोक्त संकट वा चुनौतिका विभिन्न कारणहरु छन्। त्यसमध्ये ६२ र ६३ पछिको त्रुटिपूर्ण मार्गचित्र र अवधारणा, प्रमुख राजनीतिक दलहरुमा रहेको बैचारिक विचलन तथा प्रभावकारी आर्थिक योजनाको अभाव प्रमुख कारणहरु हुन्।

भारतको राजधानी नयाँ दिल्लीमा तत्कालीन भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग, संलग्नता र प्रायोजनमा भएको १२ बुँदे समझदारी पश्चात नेपालमा भएको आन्दोलन एवं आन्दोलन पछि परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा जुन विधि र प्रक्रियाबाट जेजस्तो अवधारणा र राजनीतिक बाटो अवलम्बन गरियो, त्यसमा अन्तर्निहित विरोधाभास, त्रुटि र कमजोरीहरु वर्तमान असफलता र विकृति को मुल जड हो। यही कारण ले गर्दा नै सत्तामा पुग्नु अघि क्रान्तिकारी देखिने दल र नेताहरु केही समय पछि नै शिथिल, दिशाहीन र भ्रष्ट बन्न पुगेका हुन्।

धर्मनिरपेक्षता नेपाली जनताको चाहना वा आवश्यकता थिएन। लामो ईतिहास बोकेको, देशको एकिकरण र आधुनिकिकरणमा योगदान दिएको तथा राष्ट्रिय एकताको प्रतीक रहंदै आएको राजसंस्थालाई परिवर्तन पश्चात पनि कुनै न कुनै रुपमा निरन्तरता दिईनु पथ्र्याे। संघीयता कार्यान्वयन पुर्व यसबारे जनस्तरमा व्यापक र पारदर्शी बहस हुनु जरुरी थियो। राष्ट्रहित विपरितको नागरिकता ऐन लागु गरेर ३ जनाको सर्जमिनको भरमा लाखौं विदेशीहरुलाई नेपाली नागरिकता दिनु गलत थियो। आन्दोलनको अन्त गर्दा दरबारसँग भएका समझदारी अनुरुप २०४७ सालको संविधान कायम राखेर संविधान सभाबाट  नयाँ संविधान बनाउनु पर्थ्यने।

चुनाव अगावै माओवादीलाई तत्कालीन एमाले सरह सिट दिएर अन्तरिम संसद खडा गर्नु आवश्यक थिएन। उपरोक्त बमोजिमका गलत अवधारणा र मार्गचित्रको धरातलमा वर्तमान राजनीतिक प्रणाली, संरचना र कार्यदिशा तयार गरिएको हुँदा पटकपटक व्यक्ति, दल र सरकार फेरिंदा पनि शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल हुन सकेको छैन।

दलहरुको वैचारिक विचलन
यसैगरी गत २ दशकको राजनीतिक अभ्यासको क्रममा प्रायः सबै प्रमुख दलहरु आफ्नो सिद्धान्तबाट विचलित भएका छन्। पुर्वाग्रह रहित भै ईमान्दारीपुर्वक विष्लेषण गर्ने हो भने तत्कालीन माओवादी, एमाले र कांग्रेस सबै आ(आफ्ना स्थापनाकाल र संघर्षकालका मान्यता, विश्वास र सिद्धान्तबाट विमुख र विचलित भैसकेका छन्। जुन सिद्धान्त र आस्थाको निमित्त दलमा सहभागी भएका थिए, संघर्ष गरेका थिए र जीवन उत्सर्ग गरेका थिए ती मान्यतामा कुनै पनि दल र नेताहरु टिक्न सकेका छैनन्। कांग्रेस र कम्युनिष्टहरुले अवलम्बन गरेको वैचारिक दर्शन चाहे त्यो पूँजिवाद होस् वा साम्यवाद, ती विचारहरु विश्वव्यापी रुपमा समेत अपूर्ण र असफल हुँदै गएका छन्।

ती दर्शन भित्रका अन्तर्विरोधहरुको सहि समाधान निस्कन सकेको छैन। फलस्वरुप ति दर्शनका अनुयायीहरुमा पहिलेको जस्तो प्रतिबद्ध आस्था र समर्पण छैन। वैचारिक अडानमा ह्रास आएको छ। यसरी कारण जेसुकै भए पनि सिद्धान्तबाट विचलित भएकोले दल वा नेताहरुको नैतिकता र आदर्श स्वतः समाप्त हुन्छ। अनि जति विचलित र दिशाहीन हुन्छ, त्यति नै व्यक्ति वा दलले असुरक्षित महशुस गर्न थाल्छ, अनि आफ्नो राजनीतिक, आर्थिक र भौतिक सुरक्षाको निमित्त जायज नाजायज सबै काम गर्न थाल्छ। व्यक्ति र दल भ्रष्ट र अवसरवादी हुने प्रमुख कारण सैद्धान्तिक विचलन हो। विचार वा सिद्धान्त राम्रो नराम्रो वा ठिक बेठिक हुनसक्छ।

त्यसबारे बहस विवाद हुनसक्छ र हुनुपर्छ। विचार वा सिद्धान्तलाई समयानुकूल परिमार्जन समेत गर्नुपर्छ। तर, सिद्धान्त वा विचारबाट पलायन वा विचलित हुनु आत्मघात हो। त्यसर्थ, मुलुकमा हाल विद्यमान संकटको कारणहरु मध्ये दल र नेताहरुको वैचारिक विचलन पनि एक हो।

आर्थिक परिवर्तनको न्यूनता
विश्वका विभिन्न देशहरुको अनुभवबाट प्रमाणित भएको छ कि राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तन हुन सकेन र परिवर्तनले जनताको जीवनस्तरमा सुधार ल्याउन सकेन भने राजनीतिक परिवर्तन टिकाउ हुँदैन। कतिपय ठूला र क्रान्तिकारी परिवर्तन पछि देश र समाज पुनः प्रतिगमनको दलदलमा फस्नुको मुख्य कारण पनि यही हो। नेपालको सात दशक लामो राजनीतिक अभ्यासले पनि यो यथार्थलाई सिद्ध गरेको छ। २००७ सालमा प्रजातन्त्रको पहिलो स्वाद पाएको नेपालले यति लामो समयसम्म पनि स्थायी राजनीतिक व्यवस्था र संविधान कायम गर्न नसक्नुमा पनि आर्थिक परिवर्तनको अभाव हो भन्नु सर्वथा गलत हुनेछैन।

परिवर्तनको औचित्यमाथि प्रश्नचिन्ह
यस पृष्ठभूमिमा विश्लेषण गर्दा गत १४ वर्षको आर्थिक प्रगति पनि संतोषजनक छैन। देश र जनताले अत्यन्त ठूलो मुल्य चुकाएर सहयोग गरेको अवस्थामा पनि सदियौं देखिको दासताबाट जनतालाई मुक्त तुल्याउंछौं भन्ने क्रान्तिकारी दलहरुबाट २०६२ र ६३ पछि सकारात्मक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अनुभूति गर्न नपाउँदा जनस्तरबाट परिवर्तनको औचित्यमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको छ। प्रमुख राजनीतिक दलहरुबाट बेईमानी र धोका भएको जनताले महशुस गर्न थालेका छन्।

विकल्पको खोजी
यस अवस्थामा स्वभाविक रुपले जनता विकल्पको खोजी गर्न थालेका छन्। कंग्रेस र कम्युनिष्टको सुधार हुनै नसक्ने तहको वैचारिक विचलन, त्रुटिपूर्ण मार्गचित्र र भ्रष्ट नेतृत्वबाट राष्ट्रले संकटबाट निकास पाउन नसक्ने तथा यथास्थितिले निरन्तरता पाउँदा देशको अस्तित्व नै धरापमा पर्न सक्ने तितो सत्य वर्तमान नेपाली राजनीतिको नियति बन्न पुगेको छ। यो यथार्थलाई आत्मसात गर्दै केही व्यक्ति र दलहरु आफुलाई कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा प्रस्तुत गर्न प्रयास पनि गरिरहेका छन्। तर, सो प्रयास आधारभूत रुपमा नै त्रुटिपूर्ण रहेको छ। कांग्रेस वा कम्युनिष्ट कै पदचिन्ह, विचार र एजेण्डा बोकेर उनीहरुको विकल्प बन्न संभव छैन।

यहाँनेर कांग्रेस र कम्युनिष्टको वैचारिक दर्शन बारे संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ। कांग्रेस र कम्युनिष्ट पार्टीहरु २००७ सालको परिवर्तनको सेरोफेरोमा जन्मिएका हुन्। प्रजातन्त्र प्राप्तिका निमित्त यि दलहरुको महत्वपूर्ण योगदान छ। तर, प्रजातन्त्र प्राप्ति पश्चात् नेपालको सन्दर्भमा कस्तो वैचारिक धरातल निर्माण गर्ने बारेमा यि दुवै दलहरुले दूरगामी सोचाई कायम गर्न सकेनन्। भारतीय स्वतन्त्रता संघर्षबाट प्रभावित र दिक्षित नेताहरुको अगुवाईमा पार्टी स्थापना गरिएको हुँदा स्वभावतः भारतका राजनीतिक दलहरुले अवलम्बन गरेको वैचारिक दर्शन नै कांग्रेस र कम्युनिष्टको विचारको श्रोत बन्न पुग्यो। स्वतन्त्रता पश्चात भारतीय दलहरु पनि पश्चिममा मुलुकहरुमा तत्काल प्रचलनमा रहेका माक्र्सवाद, समाजवाद, पूँजिवाद जस्ता विचारबाट प्रभावित रहेका थिए।

त्यस अवस्थामा जसरी भारतीय दलहरुले भारतको प्राचीन सभ्यता र संस्कृतिको धरातललाई बिर्सिएर युरोपमा त्यसबेला कायम र प्रचलनमा रहेका मान्यताहरुलाई अनुसरण गरे, तदनुसार उनिहरुको प्रभावमा रहेका नेपालका दलहरुले नेपालको गौरवशाली एवं प्राचिन मौलिक संस्कृति, मर्यादा, परम्परा र आदर्शमा आधारित वैचारिक दर्शनलाई पार्टी निर्माणको क्रममा ध्यान दिनुको सट्टा भारतीय दलहरुका विचारको अन्धानुकरण गर्ने सजिलो बाटो रोजे। फलस्वरुप कंग्रेस र कम्युनिष्टको वैचारिक मान्यता र राष्ट्र निर्माणको मार्गचित्रमा बाह्य शक्तिहरुको अभिप्रेरणा र प्रभाव रहेको छ, त्यसमा नेपालित्व र मौलिकताको सर्वथा अभाव छ।

सम्बर्धनवाद राप्रपाको वैचारिक दर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेर खडा भएको पार्टी हो। पार्टी स्थापनाको प्रारम्भिक अवस्थादेखि नै राप्रपाले नेपालीपन र नेपालीत्वलाई आफ्नो बैचारिक दर्शनको मुलश्रोतको रुपमा ग्रहण गरेको छ। माक्र्सवाद, समाजवाद वा साम्यवाद होईन, सम्बर्धनवाद नेपालको आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक रुपान्तरणको आधार हुनुपर्छ भन्ने राप्रपाको मान्यता रहेको छ। निरन्तरता सहितको परिवर्तन, वैदिक सनातन मुल्य मान्यता, राष्ट्रिय जीवनमा भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक उत्थान र विविधतामा एकता सम्बर्धनवादको मुख्य तत्वहरु हुन्।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति राप्रपाको वैचारिक आधारस्तम्भहरु हुन्। समावेशिता र सामाजिक न्यायमा आधारित शोषण रहित समाज एवं सवल र सम्बृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हो। यस प्रकार कांग्रेस र कम्युनिष्टको भन्दा फरक विचार र मार्गचित्र बोकेर राप्रपा क्रियाशील रहेको छ। राप्रपाको फरक विचार नै पार्टीको आत्मा र शक्ति हो। त्यसैले वर्तमान अवस्थामा नेपाली जनताले खोजेको विकल्प बन्न सक्ने शक्ति र आधार राप्रपामा मात्र छ भन्दा सर्वथा अतिशयोक्ति हुने छैन। यो धरातलिय यथार्थलाई आत्मसात गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्नु हाम्रो दायित्व हो।

सशक्त र उपयुक्त विचार हुंदा हुंदै पनि राप्रपाले गत निर्वाचनमा सफलता प्राप्त गर्न सकेन। तर, राप्रपाका प्रतिबद्ध कार्यकर्ताहरुले बुझ्नु जरुरी छ कि राप्रपा एक चुनावको निमित्त खडा भएको चुनाव अभियान समिति होइन। हामी लामो र कठिन यात्रामा हिंडेका छौं। तत्काल फाईदा वा हानी नोक्सानीको हिसाबकिताब गर्नेहरुले राप्रपाको अभियानलाई बुझ्न सक्दैनन्। समाज, राजनीति र व्यवस्था बदल्ने राप्रपाको संकल्प निरन्तर चलिरहने आन्दोलन हो। उपरोक्त वास्तविकतालाई दृष्टिगत गर्दै तथा विगतका त्रुटि कमिकमजोरीबाट पाठ सिकेर राप्रपालाई देशको अग्रणी शक्ति बनाउने कार्यमा उच्च मनोबलका साथ अघि बढ्नु समयको माग हो।

पार्टी एकता र सहकार्य
देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने र राप्रपालाई राष्ट्रनिर्माणको अग्रणी शक्ति बनाउने क्रममा समान विचारधारा भएकाहरुसँग सहकार्य र एकता गर्ने नीतिलाई हामी निरन्तरता दिनेछौं। तर, एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दि भएर बस्न सक्दैन। पार्टीको ऐतिहासिक महाधिवेशनको तयारीमा जुटेको बेला स्वभावतः हाम्रो अर्जुनदृष्टि महाधिवेशन तर्फ नै हुनेछ। समान विचारधारा भएका दलहरुसँग सहकार्य र एकता सम्बन्धि विषय अब आगामी महाधिवेशनको मार्गदर्शन अनुरुप अघि बढाईने छ।

महाधिवेशनको संरचनामा आधारभूत सुधार
आगामी महाधिबेशन राप्रपाको ईतिहासमा एक महत्वपूर्ण खुड्किलो हुनेछ। पार्टीको सर्वेच्च निकाय भएको हुँदा स्वभावतः पार्टीको जीवनमा महाधिवेशनको उच्च महत्व रहन्छ र महाधिवेशनले पार्टीको विचार र नीतिको प्रतिपादनका साथै समयानुकुल परिमार्जन समेत गर्नेछ। महाधिवेशनले भावी कार्ययोजना र कार्यदिशा निर्धारण गर्नुका साथै पाँच वर्षको निमित्त पार्टी नेतृत्वको चयन पनि गर्नेछ। आगामी महाधिवेशनको संरचनामा हामीले केही महत्वपूर्ण परिवर्न गर्ने प्रयास गरेका छौं।

विगतमा महाधिवेशन प्रतिनिधिहरु विभिन्न निकायबाट अप्रत्यक्ष प्रणालीबाट चुनिने गरेकोमा पार्टी विधानको पछिल्लो संशोधन अनुसार अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र भित्र रहेका सक्रिय सदस्यहरुबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने छन्।

यो नयाँ प्रयोगको कार्यान्वयन अत्यन्त चुनौतिपूर्ण छ।  सिमित समय सिमा भित्र देशभर सक्रिय सदस्यता वितरण अभियान संचालन गर्नु पर्नेछ। साथै, ७५३ स्थानीय तह र ३३० प्रदेश निर्वाचन क्षेत्रमा निर्र्धािरत समय भित्र परिषदको बैठक र चुनाव सम्पन्न गर्नुपर्ने हुन्छ। महाधिवेशन प्रतिनिधिहरुका साथै पार्टीको स्थानीय तहका कार्यसमितिहरुको निर्वाचन योजनाबद्ध र व्यवस्थित रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय उपाध्यक्ष श्री तोरण बहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन भैसकेको छ। सो समितिले आफ्नो प्रारम्भिक कार्य शुरु समेत गरि सकेको छ। महाधिवेशन र पार्टीको विभिन्न तहका कार्य समितिहरुको परिषद बैठक र निर्वाचन केवल प्राविधिक र वैधानिक कार्य मात्र नभएर यो संगठन निर्माणको बृहत अभियान नै हो। त्यसर्थ, यो अभियान सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय कार्य समिति तथा सबै तहका साथीहरुको सक्रियता अनिवार्य रहन्छ।

स्थानीय तह निर्वाचनको तयारी
संविधान बमोजिम स्थानीय तहको निर्वाचन आउन अब करिब दुई वर्ष बाँकी रहेको छ। गत स्थानीय चुनावमा राप्रपाको परिणाम अत्यन्त निराशाजनक रहेको थियो। विगतका अनुभवबाट पाठ सिकेर अहिले देखि नै आगामी चुनावको तयारीमा जुट्नु नितान्त जरुरी छ। स्थानीय चुनावको परिणामले संसदको निर्वाचनलाई समेत प्रभाव पार्ने हुँदा त्यसतर्फ समयमा नै आवश्यक तयारी गर्नु आवश्यक भएको हो। विजयको संभावना र पार्टी संगठनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय तह हरुको वर्गिकरण गर्ने, अहिले देखि नै संभावित उमेदवार छनौट गरी जिम्मेवारी दिने तथा निर्वाचन केन्द्रित विशेष कार्ययोजना कार्यान्वयन गरिने छ।

जनसंघर्ष र जनपरिचालन कार्यक्रम
पार्टीको एजेण्डावारे जनतालाई जागरुक तुल्याउन, पार्टीका सम्बन्धमा रहेका भ्रमहरु निराकरण गर्न तथा धर्मपरिवर्तन, भ्रष्टाचार, बेरोजगारी समस्या लगायत देशले भोग्नु परेका समस्याहरु बारे आमजनतालाई सचेत तुल्याउन आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरिने छ। राष्ट्रिय स्वाभिमान यात्रा संचालन हुन बाँकी रहेका जिल्लाहरुमा निकट भविष्यमा सो यात्रा सम्पन्न गरिने छ। उपयुक्त समयमा चतरा–त्रिवेणी हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प यात्रा सम्पन्न गरिने छ।

साथै, देशका विभिन्न भागहरुमा आमसभा तथा विभिन्न तहका प्रशिक्षण कार्यक्रमहरु आयोजना र संचालन गरिने छ। साथै, महाधिवेशन सम्पन्न भए पश्चात हिन्दुराष्ट्र पुनस्र्थापना र भ्रच्टाचार नियन्त्रण लगायतका मागहरु राखेर राप्रपाले देशव्यापी जनसंघर्ष शुरु गर्नेछ।

आदरणिय साथीहरु!
हामी सबैले बुझेका छौं कि, राप्रपा अहिले अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छ। कतिपयले राप्रपाको भविष्य छैन भन्ने निरशाजनक धारणा व्यक्त गर्ने गरेका छन्। राप्रपाको विचारको औचित्य समाप्त भयो भन्ने नकारात्मक टिप्पणी समेत सुनिन्छ। पार्टी भित्रकै कतिपय साथीहरुबाट समेत यदाकदा विचलनका र निराशाका स्वरहरु सुनिने गरेका छन्। यसप्रकारका निराशा, विचलन र पलायनका शंका उपशंकालाई गलत सावित गर्नु हाम्रो दायित्व हो।

म यो दायित्व पुरा गर्न मन, वचन र कर्मले प्रतिबद्ध छु। यसलाई मैले चुनौतिका रुपमा स्विकार गरेको छु। सबै साथीहरुबाट यस्तै प्रतिबद्धताको मैले अपेक्षा गरेको छु। धन्यवाद, जयराष्ट्र ! जय जनता !!

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्